|

अस्थायी शिक्षकहरुद्धारा शिक्षामन्त्रालय अगाडि धर्ना

१६ चैत्र, काठमाण्डौ । सामुादायीक बिद्यालयमा कार्यरत अस्थायी शिक्षकहरुले स्थायी हुनुपर्ने माग राख्दै आज पनि शिक्षामन्त्रालय अगाडि शान्तिपुर्ण धर्ना दिने भएका छन् । सेवा अबधि गणना गरि अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याई स्थायी गरिनु पर्ने माग गर्दै आएका आन्दोलनरत शिक्षकहरुले हिजो देखी शिक्षामन्त्रालय अगाडि अनिश्चितकालीन धर्ना सुरु गरेका हुन । धर्ना कार्य मध्यान्ह १२ बजे देखि १ बजे सम्म रहने शिक्षकहरुले बताएका छन् । आफुहरुको माग प्रति सुनुवाई नभए सम्म धर्नाकार्यलाई जारी नै राख्ने उनीहरुले जनाएका छन् ।

Posted by Butwalonline on 9:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अस्थायी शिक्षकहरुद्धारा शिक्षामन्त्रालय अगाडि धर्ना"

Leave a reply