|

भारतीय पुर्व सैनिक कल्याणकारी संघ गुल्मीको जिल्ला र गाउं समिति गठन

बुटवल,८ चैत । अल नेपाल भारतीय पुर्व सैनिक कल्याणकारी संघ नेपालले गुल्मीको तम्घासमा जिल्ला भेला सम्पन्न गरेको छ । संघका डीएसबी गुल्मीका पुर्व सेक्रेटरी क्याप्टेन ताराबहादुर बस्नेतको अध्यक्षता,केन्द्रीय उपाध्यक्ष क्याप्टेन यमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव क्याप्टेन रेशम केसी,केन्द्रीय सचिव चन्द्रबहादुर महतको उपस्थिति रहेको थियो ।

भेलाले तोपनारयण ज्ञवालीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्ष बिरबहादुर सोमै,सचिव सन्तबहादुर थापा,कोषाध्यक्ष ओमबहादुर टण्डन, सहसचिव पुर्णबहादुर गुरुङ र सहकोषाधयक्ष लिलबहादुर बस्नेत रहेका छन् । यसैबीच अल नेपाल भारतीय पुर्व सैनिक कल्याणकारी संघ नेपालको गाउं इकाई समितिको भेला गुल्मीको दुबिचौरमा सम्पन्न भएको छ । भेलाले दुर्गाबहादुर घर्तीमगरको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लिलबहादुर बस्नेत,कोषाध्यक्ष दुर्गाबहादुर थापा र सदस्यहरुमा तामबहादुर खत्री,शेषबहादुर श्रीस,दुर्गाबहादुर थापा क्षेत्री , टटलसिंह थापा क्षेत्री र ज्ञानबहादुर थापा रहेका छन् । यस्तै सल्लाहकारहरुमा चुराबहादुर थापा,कमानसिंह खत्री,चित्रबहादुर महाकिम रहेका छन् । हुमबहादुर खत्रीको अध्यक्षता र जिल्ला अध्यक्ष तोपनारायण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको संचालन ओमबहादुर टण्डनले गरेका थिए ।

Posted by Butwalonline on 4:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतीय पुर्व सैनिक कल्याणकारी संघ गुल्मीको जिल्ला र गाउं समिति गठन"

Leave a reply