|

रुपन्देहीमा चुनावी माहौल शुरु

राधेश्याम बिश्वकर्मा भैरहवा, चैत्र ६ - सरकारले असारमा संविधान सभाको निर्वाचन गराउने तयारी गरे पछि रुपन्देहीमा चुनावी माहौल तातिएको छ । निर्वाचन कार्यालयले चुनावी कार्यक्रमको लागी मतदाता नामावली दर्ता, निर्वाचन शिक्षा बिकास लगायतका कार्यक्रम सञ्चालन गरे पछि जनताले चुनावी माहौल तातिएको महशुश गरेका हुन ।

जिल्लाका ७९ गा.वि.स. र दुई नगरपालिका का हरेक वडामा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरिने निर्वाचन कार्यालयले जनाएको छ । यसको पूर्व तयारी स्वरुप अहिले निर्वाचन शिक्षा कार्यकर्ताहरुलाई तालीम सञ्चालन भै रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकृत तुल्सी ज्ञवालीले जनाएका छन । मतदाता नामावली सम्बन्धि काम सञ्चालन गर्न जिल्लामा चलिरहेको स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम अन्र्तगतका सामाजिक परिचालक तथा कार्यक्रम लागु नभएके स्थानबाट सम्बन्धित महिला स्वास्थ्य सेविकालाई अस्थायी निर्वाचन शिक्षा कार्यकर्ताको रुपमा खटाईने कार्यालय प्रमुख ज्ञवालीले जनाएका छन । ज्ञवालीका अनुसार निर्वाचन शिक्षा कार्यकर्ताले लोकतन्त्र, संविधान, नागरिकको अधिकार, निर्वाचन प्रणाली लगायतका बिषयमा सर्वसाधारणलाई जागरुक पार्ने र वडामा गठन भएको वडा नागरिक मञ्च तथा नागरिक सचेतना केन्द्र मार्फत मतदाता नामावली संकलनमा दर्ता हुन छुटेकोलाई समेटना सहयोग पुग्ने छ । फोटो सहितको मतदाता नामावलीमा छुट भएका मतदाताहरुका लागी पुन: फोटो सहितको मतदाता नामावली संकलन गर्ने अभियान चलाउन यहि चैत्र १० देखि गा.वि.स. र नगरपालीकाका हरेक वडामा पुग्ने तयारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

अघिल्लो संविधान सभाको निर्वाचन भन्दा कम मतदाताले नामावली दर्ता गराउनु, नागरिकता बनाउने उमेर पुगेकाले पनि नागरिकता नबनाउनु, नागरिकता बनाएकाले पनि दर्ता गराउन रुचि नदेखाउनु, बसाई सराई गरि आएका र गएका मतदाताहरु आउने जाने क्रम यथावत रहनु आदि कारणले तथ्याड्ढ सहि नआएको बताउदै यस्ता मतदाताहरुलाई लक्षित गरि नामावली संकलनको लागी टोली खटाईएको निर्वाचन कार्यालयले जनाएको छ । मंसिर मसान्त सम्मको तथ्याड्ढ अनुसार रुपन्देहीमा ३ लाख ५२ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन । जबकि संविधान सभाको निर्वाचन अघि भएको मतदाता नामावली संकलनमा ५ लाख २२ हजार मतदाता संख्या रहेको थियो ।

Posted by Butwalonline on 6:44 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रुपन्देहीमा चुनावी माहौल शुरु"

Leave a reply