|

इन्टलेक्च्यूअल एकेडेमीको वार्षिकोत्सव तथा अभिभावक दिवस संपन्न

फागुन, २५ बुटवल । बुटवल १३ कालिकानगरमा रहेको इन्टलेक्च्यूअल एकेडेमीले बिद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालयमा सुक्रबार बिबिध कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै रुपन्देहीका जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद अधिकारीले सक्षम र शिक्षित व्यक्तिहरु शिक्षामा प्रवेस नगर्दा सम्म शैक्षिक बिकास हुन नसक्ने बताए । वाववालिकाले पहिलो पाठशाला घर नै भएकाले वालवालिकाको नैतिक शिक्षाका लागि अभिभावक पनि चनाखो हुनुपर्ने धारणा राखे । त्रुटीरहीत शिक्षा नै गुणस्तरको आधार भएको औंल्याउँदै उनले नेपाली भाषामा हुने ठूला ठूला त्रुटीलाई पनि सामान्य रुपमा लिईदा पनि शिक्षाको गुणस्तर झर्दै गएको उनले बताए । बिद्यालय सञ्चचालक समितीका अध्यक्ष डा. कृष्णप्रसाद खरेलले बिद्यालयले शैक्षिक गुणस्तर संगै व्यबहारिक शिक्षामा जोड दिईएको बताउँदै आफूहरुको लगानी नाफामुखी नभएर सेवामुखी भएको प्रस्ट्याए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका उपसचिव गंगाराम आचार्य, पव्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष गोपालप्रसाद पाण्डे, प्याव्सन रुपन्देहीको अध्यक्ष कृष्णप्रसाद खनाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल वार्ड नं. १३ का सचिव प्रचण्ड आचार्य, अभिभावक ज्योतिप्रसाद अर्याल, बिद्यालयका प्रवन्ध निर्देशक रामराज पोख्रेल, सञ्चालक समितीका सदस्य गोबिन्दप्रसाद मरासीनि, शिक्षक सुरेसकुमार चौधरी, अम्बिका निउरे लगायतले आ(आफ्नो धारणा राखेका थिए । सोही अवसरमा बिद्यार्थीहरुले बिभिन्न प्रकारका नृत्य प्रस्तुत गरेका थिए भने उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

Posted by Butwalonline on 7:12 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इन्टलेक्च्यूअल एकेडेमीको वार्षिकोत्सव तथा अभिभावक दिवस संपन्न"

Leave a reply