|

लायन्स क्लव अफ सिद्धबाबा भृकुटीद्धारा निशुल्क स्वास्थ्य शिबिर

बुटवल, २५ फागुन । अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अबसरमा लायन्स क्लव अफ सिद्धबाबा भृकुटीले रुपन्देहीको सेमलारको बेलभरियामा शुक्रबार निशुल्क स्वास्थ्य शिबिर आयोजना गर्यो । महिलाहरुको पाठेघर तथा यौन रोग सम्बन्धि समस्या समाधानका लागि आयोजित शिबिरमा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका राजेन्द्र प्रसाद बस्याल र मायादेबि टेक्निकल कलेजका नर्सहरु सहितको चिकित्सक टोलिले करिब ३ सय ५० बिरामी चेकजांच गरि औषधि बितरण गरेको हो ।

सिद्धबाबा भृकुटीकी अध्यक्ष सिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठ,डिस्ट्रिक सल्लाहकार निर्मल प्रसाद लाकौल,सुरेश रत्न बज्र्राचार्य,खेम हमाल,जोन चियर पर्सन टंक प्रसाद गैरे, लायन्स क्लव अफ बुटवल सिद्धबाबाका सहसचिब गणेश प्रसाद भट्टराई,सिद्धबाबा भृकुटीकी संस्थापक अध्यक्ष कोपिला रसाईली, लायन्स सिद्धबाबाका पूर्व अध्यक्षहरु कृष्ण भूसाल,रामप्रसाद बञ्जाडे,कार्यक्रम संयोजक कमला जोशी,लक्ष्मी अधिकारी लगायतले बोल्दै ग्रामिण क्षेत्रमा स्वास्थ्यको पहुच बिस्तारका लागि आयोजित शिबिरले सर्बसाधारणलाई राहत मिल्ने बताएका थिए ।रुपन्देहीको पश्चिम सेमलार बेलभरियाको ग्लोबल ईग्लिस बोर्डिङ स्कूलमा आयोजित शिबिरमा सेमलार वडा नं १ ७,८ र ९ का स्थानियहरुले स्वास्थ्य लाभ लिएको सिद्धबाबा भृकुटीकी अध्यक्ष सिता भट्टराईले बताउनुभयो ।

Posted by Anonymous on 7:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लायन्स क्लव अफ सिद्धबाबा भृकुटीद्धारा निशुल्क स्वास्थ्य शिबिर"

Leave a reply