|

प्रमुख दलहरुबीच सहमतिपत्रमा हस्ताक्षर,असार ७ भित्र चुनाव

काठमाडौं, फाल्गुन ३० - मुख्य चार राजनीतिक दलवीच लडाकूको दर्जा, सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका सवै बिषयमा सहमति जुटेको छ । सहमतिपछि सेना समायोजन बिशेष समितिको कार्यालय नयाँ बानेश्वरमा चारै दलका शीर्ष नेताहरुले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । असार पहिलो साताभित्र निर्वाचन गर्नेगरि प्रधानन्यायाधीश रेग्मीलाई अन्तरिम चुनावी परिषद्को अध्यक्ष बनाउन दलहरु सहमत भएका छन ।

यसैगरि माओवादी लडाकूलाई एक कर्णेल र दुई लेफ्टीनेन्ट कर्णेल दिने सहमति भएको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार आजै बाधा अडकाउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि राती १२ बजे अघि नै रेग्मीलाई शितल निवासमा सपथ खुवाउने तयारी भइरहेको छ ।स्रोत : ओनलाइन खबर

Posted by Butwalonline on 7:25 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रमुख दलहरुबीच सहमतिपत्रमा हस्ताक्षर,असार ७ भित्र चुनाव"

Leave a reply