महिला हिंसा, लागू औषध सेवन विरुद्ध रानीबगियामा ¥याली
बाबुराम गैरे,मुर्गिया चैत्र ४ - नवसिर्जना आमा समूह सैना मैना चोक बनकट्टा र नमूना आमा समूह बन कट्टाको सम्युक्त आयोजनामा महिला हिंसा ,लागू पदार्थ दुव्र्यसनी र जुवा तासको विरुद्ध रानीबगियामा आज ¥याली निकालिएको छ । ¥याली भवानीचोक, सैनामैना रानीबगिया हुदै बर्माडांडा भाट परिक्रमा गरी सैनामैना चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सभामा बोल्ने अधिकांस बक्ताहरुले ३३ प्रतिशत आरक्षण चाहिंदैन महिला हिंसा गर्न पाइदैन ,अपराधीलाई कारवाही गर,जांड रक्सी जुवा तास लगायतका समाजका विकृतिको अन्त्य गर लगायतका माग सहितका विचार व्यक्त थिए । कोण सभाका गंगा खांड,सिता खनाल,कोपिल साही,गीता गौतम, तारा सुनार, मिना तिवारी लगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।