पजरकट्टी गा वि स मा अभिमुखीकरण सम्पन्न
रुपन्देही,चैत्र ४-रुपन्देहीको जिल्लाको भारतीय सिमाना सँग जोडिएको पजरकट्टी गा.वि.स.मा खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति (Village Water Supply, Sanitation and Hygiene Co-ordination Committee (V-WAH-CC) को अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लालाई सन् २०१७ सम्म खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा उद्घाटन सभाको अध्यक्षता पजरकट्टी गा.वि.स.का V-WASH-CC अध्यक्ष राम प्रसाद शर्माले गर्नु भएको थियो भने प्रमुख अतिथि अतिथि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय योगिकुटीका प्रमुख नन्दलाल बन्जाडे हुनुहुन्थ्यो । कार्यक्रममा सहभागिको रुपमा गा.वि.स. भित्रका सवै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षक र विद्यार्थीहरु, सहकारी तथा क्लवका अध्यक्षहरु, आमा समूहहरु, स्वास्थ्य स्वयंसेवीका तथा गा.वि.स.भित्रका सवै संघसंस्था, राजनैतिक दलका प्रमुख पदाधिकारीहरु र पत्रकारहरु समेत ८८ जना रहेका थिए ।
कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख नन्दलाल बन्जाडे र म.का. वसन्ती पोखरेलले गर्नु भएको थियो । पजरकट्टी गा.वि.स.मा रहेका जम्मा ९३१ घरधुरी मध्ये चर्पी नभएका ८१२ घरधुरीमा एक घर एक चर्पी अभियान संचालन गरी वि.स.२०७१ चैत्र मसान्त सम्ममा पुरै गा.वि.स.लाई खूल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियोे । कार्यक्रममा यस गा।वि।स।को पूर्ण सरसफाई अभियान लाई सफल पार्न विभिन्न दानविरहरुले V-WASH-CC लाई रु ४३५००।– त्रिचालिस हजार पांचसय रकम प्रदान गर्नु भएको थियो । कार्यक्रममा V-WASH-CC लगायत सबै समिति पदाधिकारिहरु र कर्मचारी, शिक्षकहरुले २०७० वैशाख महिना भित्र अनिवार्य चर्पी बनाउने, ०७० जेष्ठ १ देखी परिचयपत्र लागु गर्ने र २०७० माघ १ देखि घरमा चर्पी नहुनेहरुको कुनै पनि सिफारिस गा।वि।स।ले नदिने, आगामी निर्वाचनमा चर्पी नहुनेले उम्मेदवारीदिन नपाउने सबै राजनितिक दलको निर्णय भएको र सवैको साझा पहलमा २०७१ चैत्र मसान्तमा पजरकटटी गा।वि।स।लाई खुल्ला दिसा मुक्त गा।वि।स। घोषणा गर्ने निर्णय गरिएको थियो । कार्यक्रमको अन्त्यमा डि।प्र। नन्दलाल बन्जाडेले बोल्दै पुनित कार्यमा गा।वि।स।वासीले देखाएको उत्साह प्रति धन्यवाद दिदै पजरकट्टी गा।वि।स।छिट्टै खुल्ला दिसा मुक्त गा।वि।स। घोषणा हुन सकोस भन्ने शुभ कामना दिनु भएको थियो । कार्यक्रम संचालन खा।पा।तथा स।स।स।डि का। का म।का। वसन्ती पोखरेलले गर्नु भएको थियो ।