|

बृहत्तरज्ञान तथा २४ कुण्डीय गायत्री महायज्ञमा श्रद्धालुहरुको भिड बढ्दै

बुटवल ,चैत्र ३ । बुटवलको बालमन्दिरमा संचालित बृहत्तरज्ञान तथा २४ कुण्डीय गायत्री महायज्ञमा शनिबार करिब ५० जनाको ब्रतबन्ध गरिएको छ । प्राणी जातीको कल्याण तथा विश्व शान्तिको कामना गदै गायत्री परिवार बुटवलले आयोजना गरेको महायज्ञमा दैनिक जसो श्रद्धालुहरुको भिड बढ्दै गईरहेको छ ।

दैनिक हवन, पुसवन, दिक्षा, मुण्डन, ब्रतबन्ध, दिप प्रज्वलन, विवाह लगायतका कार्य नि:शुल्क गरिएको संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठले जानकारी दिनु भयो ।  बुटवलको बाल मन्दिरमा आयोजना भएको सो महायज्ञमा रुपन्देही, नवलपरासी, र कपिलवस्तुबाट अहिलेसम्म १ लाख भक्तजनले दर्शन तथा पूजा गरेको आयोजकले बताएका छन् ।

महायज्ञ भोलि आईतबार सम्म संचालन हुनेछ । यज्ञ अवधिभर हवन यज्ञ तथा संस्कार, पंचकोष जागरण, संगितमय प्रज्ञापुराण, व्यायाम तथा पूर्णहुती आदि कार्यहरु साथै  गायत्री सम्बन्धि पुस्तकहरु प्रर्दशनीका साथै विभिन्न वैदिक संस्कारका पुस्तकहरु राखिएका छन् ।१ गतेदेखि शुरु भएको महायज्ञमा  गायत्री तर्थि शान्तिकुञ्ज हरिद्धारका प्रतिनिधि बिरेन्द्र गुप्ता, रामनयन सिंह लगायतले प्रवचन गरेको आयोजक समितीका उपाध्यक्ष सुश्री ज्ञानु लिगलले बताउनुभयो|

Posted by Anonymous on 7:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बृहत्तरज्ञान तथा २४ कुण्डीय गायत्री महायज्ञमा श्रद्धालुहरुको भिड बढ्दै"

Leave a reply