|

लोकदोहोरी गित प्रतिष्ठाननमा जिम्मेवारी बाडफाड

दिनेश खड्का ,बुटवल, ३ चैत्र । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको शनिबार बसेको बैठकले विभिन्न महत्वपूर्ण  निर्णयहरु गर्दै जिम्मेवारी बाडफाड गरेको छ ।  प्रतिष्ठानका अध्यक्ष प्रचण्ड जि.सी.को अध्यक्षमा भएको बैठकलले आगामी बैशाखमा जिल्लाका सात वटै निर्वाचन क्षेत्रमा सदस्यता बिस्तार गर्ने निर्णय गर्दै क्षेत्रगत रुपमा जिम्मेवारी तोकेको छ । जसको लागि क्षेत्र न १ मा दीपु मगर , क्षेत्र नं २ मा नारायण तिमिल्सना, क्षेत्र नं ३ मा रुकु पाण्डे, क्षेत्र नं ४ मा बिजय सापकोटा, क्षेत्र नं ५ मा दीपक कार्की तथा क्षेत्र नं ६ र ७ को लागि अध्यक्षलाई सयोंजनको जिम्मा दिएको छ ।

यसैगरी बैठकबाट विभिन्न समितिहरु गठन गरी सयोंजकहरु समेत तोकिएको छ । मिडिया सयोंजकमा दिनेश खड्का, आजीवन सदस्यता समन्वय र क्यालेन्डर प्रकाशनमा चन्द्र अभिकारी, सदस्यता अभिबृद्धिमा दीपक कार्की, कार्यालय व्यवस्थापन र शैक्षिक क्षेत्रमा बिजय सापकोटा,अतिथि सत्कारमा दीपक गरौजा, सहभागीतामूलक कार्यक्रममा नारायण तिमिल्सनालाई  जिम्मेवारी तोकिएको छ । यसैगरी बैठकले यही चैत्र ३१ गते नवबर्ष २०७० को अवरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गर्ने निर्णय गरेको मिडिया सयोंजक दिनेश खड्काले जानकारी दिनुभयो ।

साथै बैठकले प्रतिष्ठानका आजीवन सदस्य  लाल बहादुर के. सी. र साधरण सदस्य देवीप्रसाद श्रेष्ठ होटल तथा रेष्टूरेण्ट व्यवसायी महासघाको केन्द्रिय सदस्यमा र्निवाचित हुनु भएकोमा बधाई ज्ञापन गर्दै कार्यसमिति सदस्य हरीमाया रामाझी अस्वस्थ हुनुभएकोले शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । बैठकमा प्रतिष्ठानका केन्द्रिय सल्लाहकार खिम बहादुर हमाल, निर्वतमान जिल्ला अध्यक्ष बैकुण्ठ महत लगातले बोल्दै प्रतिष्ठानको बृहत्तर बिकाशका लागि अन्य सघं सस्थाहरुसगा समन्वय गरेर अगाडी बढनुपर्ने बताउनुभयो ।

Posted by Butwalonline on 7:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लोकदोहोरी गित प्रतिष्ठाननमा जिम्मेवारी बाडफाड"

Leave a reply