पश्चिम अमुवा गाउ कमिटीको १२ औ अधिवेशन सम्पन्न
बुटवल,चैत्र ३ -नेकपा एमालेका पोलिटव्युरो सदस्य छविलाल विश्वकर्माले मुलुकको निकासका लागि अव हुने चुनाव महत्वपूर्ण भएकाले सवै पार्टी सदस्यहरु चुनावी प्रक्रियामा लाग्नुपर्ने वताउनु भएको छ । चुनाव गर्नका निम्ति भनेरै अहिलेको जोखिमपुर्ण विकल्प स्वीकार गरेर नेकपा एमाले अगाडी बढेको भन्दै नेता विश्वकर्माले सवैको प्रतिवद्धताका साथ नेकपा एमालेलाई मुख्य दलको रुपमा स्थापित गर्न कार्यकताहरुलाई निर्देशन दिनुभयो ।
नेकपा एमाले पश्चिम अमुवा गाउ कमिटीको १२ औ अधिवेशनको उद्घाटन गर्दै उहााले यो मुलुकलाई राजनैतिक रुपमा सहि निकास दिने र जनताको भावनालाई कदर गर्ने पार्टी एमाले भएकाले यो वास्तविकतालाई सबै जनता सामु स्पष्ट पार्न कार्यकर्ताहरुले जोड दिनुपर्ने वताउनुभयो । गाउा कमिटीका अध्यक्ष मिन बहादुर पौडेलको अध्यक्षता हिमाल गुरुङ्गको स्वागत र प्रकाश रेग्मीको संचलानमा भएको कार्यक्रममा एमालेका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भवानी शंकर सापकोटा, जिल्ला उपाध्यक्ष शिव सुवेदी, जिल्ला सदस्य श्याम खरेल लगायतले वोल्दै अवको चुनावमा नेकपा एमालेलाई सबैभन्दा ठुलो पार्टी वनाउन कार्यकर्ताहरु प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो । अधिवेशनले दुर्गादत्त सापकोटा अध्यक्ष रहेको १७ सदस्यीय नयाा गाउा कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा गोमा अर्याल, सचिव विष्णु गौतम र उप सचिवमा ईन्दिरा रानाभाट रहनुभएको छ ।