|

अपाङगता भएका व्यक्तिहरुलाई पुनस्र्थापना गर्न सहायक सामाग्री वितरण

भरत प्रधान,३ चैत्र, गंगोलिया अपाङगता भएका व्यक्तिहरुलाई पुनस्र्थापना गर्ने उद्देश्य अनुरुप सनिवार भैरहवामा आयोजित एक कार्यक्रमका विच सहायक सामाग्री वितरण गरिएको छ । राष्ट्रिय अपाङग पुनस्र्थापना समाज रुपन्देहीको आयोजना तथा राष्ट्रिय अपाङग पुनस्र्थापना समाज काठमाण्डौको सहयोगमा उक्त सहायक सामाग्री प्रदान गरिएको हो ।

समाजका रुपन्देही अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला विकास समिती रुपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गा श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।सो अवसरमा २२ थान व्हीलचियर, ३ थान ट्रे साईकल र दृष्ट्रिविहीनहरुको लागि १० थान सेतो छडी वितरण गरिएको थियो ।

सो अवसरमा समाजका केन्द्रिय अध्यक्ष राकेश हमाल, लाटा बहिरा संघ रुपन्देहीका अध्यक्ष पिताम्बर लम्साल, समाजका पश्चिमाञ्चल संयोजक सावित्रा घिमिरे लगायतले बोल्दै राज्यले अपाङगता भएका व्यक्तिहरुको पुनस्र्थापनाको लागि पहल गर्नुपर्ने तथा उनिहरुको जिवनयापनको लागि व्यवस्था मिलाउनुपर्ने बताए ।कार्यक्रम समाजका रुपन्देही सचिव रामचन्द्र सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।

Posted by Butwalonline on 7:36 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अपाङगता भएका व्यक्तिहरुलाई पुनस्र्थापना गर्न सहायक सामाग्री वितरण "

Leave a reply