कालिकोट आज पनि बन्द जनजीवन ठप्प
कालिकोट, फाल्गुन २८ । स्थानीयवासीले गराएको बन्दका कारण दोस्रो दिन पनि आज कालिकोटको जनजीवन ठप्प बनेको छ । बन्दले यातायातका साधन चलेका छैनन् भने शैक्षिकसंस्था र बजार बन्द छ ।
कर्णाली कोरिडोर खुलालु हिल्सा सडक निर्माण गरिनुपर्ने, सुनथराली विमानस्थल संचालनमा ल्याइनुपर्ने र पोदमारा बिद्युत गृहलाई पुनर्निर्माण गर्नुपर्ने माग राख्दै कालिकोट बन्द गराइएको हो ।
स्थानीयको बन्दलाई राजनीतिक दलहरुले पनि समर्थन गरेका छन् । दलहरुले आज बैठक गरी संघर्ष समिति नै बनाएका छन् । बन्दले जिल्ला विकास समितिको १६ औ जिल्ला परिषद पनि प्रभावित बनेको छ ।स्रोत : इमेज च्यानल