|

आपको उत्पादनमा भारी बृद्धि हुने संकेत

किरणमान बज्राचार्य,कपिलवस्तु , २८ फागुन-यस बर्ष कपिलवस्तुमा आपको उत्पादनमा अत्यधिक बृद्धि हुने संकेत देखा परेका छन् । कपिलवस्तुका आँपका बगैचा तथा बोटहरु यतिखेर झपक्कै फुले पछि सो स्रकते दोख परेका हो । चक्रियरुपमा फल्ने यो बर्ष आँप फल्ने बर्ष भएकाले यस बर्ष आपको फुल गत बर्ष भन्दा तेब्बर फुलेका छन् । गत बर्षको भन्दा यस बर्ष आपँमा छिटो र धेरै फुल लागेपछि कृषकहरु उत्साहित बनेका छन् । तराई क्षेत्रमा गरिने व्यवसायिक आँप खेती कपिलवस्तुमा अत्याधिक हुने गर्दछ । यहाँ १६ सय ८ हेक्टरमा व्यवसायिक आँप खेती गरिन्छ । आँपमा १ बर्ष बढि फल लाग्ने र एक बर्ष कम लाग्ने गर्दछ । जस अनुसार गर्न बर्ष उत्पादन कम थियो भने यस बर्ष तेब्बर उत्पादन हुने कृषि कार्यालयको भनाई छ । गत बर्ष ३ हजार २ सय १६ मेट्रिक टन आप उत्पादन भएको थियो कार्यालयका प्रमुख खुर्शेद अहमद खाँ भन्नुहुन्छ “ यस बर्ष करिब १६ हजार मेट्रिक टन आप उत्पादन हुन्छ” ।

तर आपको व्यवसायिक खेती गर्दै आएका कृषकहरु भने फुलमा बढ्दो किराको प्रकोपबाट चिन्तित छन् । उनीहरु आपको उत्पादन बढ्नेमा जति आशावादी छन त्यो भन्दा बढि किराको प्रकोप बाट चिन्तित । विगत १८ बर्ष देखि व्यवसायिक आपँ खेती गर्दै आउनुभएका शिवपुरका फरहान इकबालले यस बर्ष फुल निकै झरेको बताउनुभयो । आपँको फुलमा किरा लागेपछि झपक्क फुलेका आपका बोट अनुसारको उत्पादन हुने नहुनेमा आफु शशंकित रहेको जानकारी दिनुभयो । किरा नियन्त्रणका लागि विषादी प्रयोग गरेपनि त्यसले कुनै असर नगरेको उहाको भनाई छ । कृषि विकास कार्यालयका बागबानी अधिकृत बालगोबिन्द त्रिपाठीले पनि गत बर्ष भन्दा यस बर्ष आपको फुलमा किराको प्रकोप बढि भएको बताउनुभयो । “आँपमा विशेषगरि फट्के किरा र एफिट किराको प्रकोप बढि हुने गर्दछ, जसले फुलको पराग चुस्ने र फुल झार्ने गर्छ ” उहाले भन्नुभयो । किरालाई बेलैमा नियन्त्रण गर्न नसके यसले उत्पादन शून्यमा झार्ने समेत उहाले बताउनुभयो । फुल झर्न बाट रोक्न इमिडा गोल्ड तथा रोगार नामक औषधी ३ पटक सम्म छर्केमा किराको प्रकोप बाट मुक्ति पाउने र उत्पादन समेत नघट्ने उहाले जानकारी दिनुभयो ।

जिल्लामा बर्षेनी आपँको व्यवसायिक खेती बढाउन कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । कार्यालयले बर्षेनी आप कृषकहरुलाई प्राविधिक सहयोग तथा उन्नत जातका आपको विरुवाहरु उप्लब्ध गराउदै आएको शाखा प्रमुख खाँ बताउनुुहुन्छ । “हामिले फलफुल उत्पादक कृषकहरुलाई यस सम्बन्धि तालिमहरु समेत दिने गर्दछौ जसले उनीहरुको उत्पादन वृद्धिमा सहयोग पुग्छ” उहाले भन्नुभयो । जिल्लामा व्यवसायिक आप खेती मुख्यगरि वीरपुर, शिवपुर, विसनपुर, कृष्णनगर, पकडी बहादुरगञ्ज, खुरुहुरीया, भलवारी लगायतका गाविसमा बढि हुने गर्दछ । यहाँ उन्नत प्रजातिका दशहरी, बाम्बेग्रीन, मालदह(कपुरी), गौरजीत, लंगडा, सफेदा, अम्रपाली, मलिका, चौसा, फजली लगायत स्थानिय जातका गरि दर्जन बढि आपको व्यवसायिक खेती गरिन्छ ।

Posted by Butwalonline on 6:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आपको उत्पादनमा भारी बृद्धि हुने संकेत"

Leave a reply