|

सालझन्डी छैठौं खुल्ला दिशामुक्त गाविस

बिनोद परियार,रुपन्देही,२ चैत । रुपन्देहीको सालझन्डी गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणाको अन्तिम चरणमा पुगेको छ । सन् २०१७ सम्म जिल्लालाई नै खुल्ला दिशा मुक्त बनाउने अभियान अन्तर्गत सालझन्डीमा घोषणाको तयारी थालिएको हो । शुक्रबार सरसफाई समन्वय समिति सालझन्डीले पत्रकार सम्मेलन गरि चैत २५ गते बिशेष समारोहका विच खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने जनाएको हो ।

११ हजार भन्दा बढि जनसंख्या रहेको सालझन्डीमा २ हजार ३ सय ४४ वटै घरमा शौचालय बनेको छ । शौचालय बन्न बाकी रहेको ८ सय ३८ घरमा शौचालय निर्माण सम्पन्न भएकाले सालझन्डी खुल्ला दिशामुक्त भएको अध्यक्ष अग्नि प्रसाद पौडेलले बताउनुभयो । उहाँले सचेतनामुलक ढंगले दवाव दिएर सबैको घरमा शौचालय निर्माण गरिएको बताउदै घोषणापछि पनि अनुगमन गरि गाउलाई सरसफाईमा नमूना बनाउने बताउनुभयो । खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय बुटवल,जिल्ला विकास समिति र उपभोक्ता समितिको लगानी र पहलमा शौचालय निर्माण भएको हो । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय बुटवलका ईन्जिनियर धुव्र धितालले  सार्वजनिक शौचालयको अभावमा अभियान प्रभावित हुने गरेको बताउदै त्यसलाई पनि संगसंगै लैजाने कोसिस भएको बताउनुभयो । सो अवसरमा अनुगमन समितिका पुण्डय प्रसाद घिमिरे,सदस्यहरु बिना राना,शारदा गौतमmपत्रकार हरिष ढकाल लगायतले बोल्दै खुल्ला दिशामुक्त अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो । सालझन्डी रुपन्देहीको छैठौं खुल्ला दिशामुक्त गाविस हुने छ ।

Posted by Butwalonline on 2:08 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सालझन्डी छैठौं खुल्ला दिशामुक्त गाविस"

Leave a reply