नमस्ते नेपाल सञ्चार समुह प्रा.लि.को पाँचौ बार्षिक साधारणसभा सम्पन्न
बुटवल ,फागुन २७- पुर्वमन्त्री एवं नेपाली काग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले एकिकृत नेकपा माओवादीले सत्ताकब्जा गर्न खोजीरहेपनि नेपालको पत्रकारीताले त्यसलाई रोक्न सफल भईरहेको बताउनु भएको छ ।
नमस्ते नेपाल सञ्चार समुह प्रा.लि.को पाँचौ बार्षिक साधारणसभाको आज उद्घाटन गर्दै पुर्वमन्त्री खााणले सत्ताकब्जाको रणनीति सफल नभएकाले बर्तमान सरकारले स्वतन्त्र पत्रकारी र स्वतन्त्र सञ्चार माध्यमको बिकासमा बेवास्ता गरीरहेको बताउनु भयो ।उहाँले नयां निर्वाचनका लागि सञ्चार क्षेत्रले सरकार र राजनीतिक दलहरुलाई दिईरहेको दवाव स्वागतयोग्य भएको पनि बताउनु भयो । प्रधानन्यायाधिशलाई सरकारको नेतृत्व दिनु लोकतान्त्रिक मुल्य मान्यता र शक्तिपृथकिकरणको सिद्धान्त बिपरित भएको उल्लेख गर्दै उहाले एकिकृत माओवादीले सत्ता लम्वाउन मात्र यो कार्ड फ्याकेको बताउनु भयो ।कार्यक्रममा नेपाल ग्यास उद्योग महासंघका महासचिव कुशप्रसाद मल्ली,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ,रेडियोका अध्यक्ष महेशमान सिंह,उपाध्यक्ष अम्बुप्रसाद श्रेष्ठ,नवराज श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।