नवलपरासीमा मलेरियाविरुद्धको किटनासक झुल वितरण गरिने
नवलपरासी,फागुन २७- नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकामा मलेरियाविरुद्धको सुपानेट झुल वितथरणका लागि भोलिदेखि कुपन वितरण हुने भएको छ । नवलपरासी मलेरिया रोगको उच्च जोखिममा रहेका कारण यसवर्ष किटनासक झुल वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । केही वर्षदेखि वितरण भैरहेको झुल वितरणको काम गत वर्ष भने रोकिएको थियो । ग्लोबल फण्डको आर्थिक सहयोग तथा विभिन्न संघसंस्थाको सहकार्यमा विभिन्न गाविसमा झल वितरण हुने भएको हो ।
