|

एसिसी क्रिकेट : नेपाल हङकङसित ६ विकेटले पराजित


काठमाडौं, चैत १४ – काठमाडौंमा भईरहेको एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटको आफ्नो दोश्रो खेलमा नेपाल हङकङसंग पराजित भएको छ ।
नेपाल हङकङसँग ६ विकेटले पराजित भएको हो । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा नेपालले जितका लागि दिएको १ सय १६ रनको लक्ष्य हङ्गकङ्गले १६ दशमलव २ ओभरमा ४विकेट गुमाउँदै पूरा गर्‍यो ।
पहिलो खेलमा हिजो मालदिभ्सलाई ७६ रले हराए पनि आज बलिङ्ग र ब्याटिङ्ग दुवैमा कमजोर देखिएपछि नेपाल हार ब्योहोर्न बाध्य भयो । पहिले ब्याटिङ्ग गरेको नेपालले पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो ।
ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रन तथा प्रदिप ऐरीले २१, विनोद भण्डारीले १५ र शक्ति गौचनले ११ रनको योगदान गरे । अरु पाँच जना खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
सुवास खकुरेल ६, पारस खड्का ४, शरद भेषवाकर र बसन्त रेग्मी समान पाँच तथा मन्जित श्रेष्ठ ७ रनमा आउट भए । हङकङका नदिम अहमदले ३ तथा तनविर अफजल र एयाज खानले समान दुई/दुई विकेट लिए ।

Posted by Journalist Mukti on 9:52 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसिसी क्रिकेट : नेपाल हङकङसित ६ विकेटले पराजित"

Leave a reply