नेपाली समाज युएईको पार्षद भेला बिभिन्न निर्णय गर्दै सम्पन्न
उमाकान्त पाण्डे गाउंले,दुबइ - माघ २० - नेपाली समाज युएईको पार्षद भेला गत शुक्रबार सम्पन्न भएको छ । बिबिध बिषयमा गम्भिर छलफल गर्दै समाजका पार्षदहरुको निर्णायत्मक भुमिकाले परिषद भेला सम्पन्न गरेको हो ।
पार्षद भेलाले अहिले सम्म समाजले गरेका कामकार्बाहीलाई अनुमोदन समेत गरेको छ । समाजको वर्तमान २ बर्षे कार्यसमितिले गरेको सागंठनिक एवम आर्थिक प्रतिवेदन पार्षद भेलामा सार्वजनिक गरिएको थियो । ५८ बुद्दे सागंठनिक कार्यप्रगती प्रतिवेदन समाजका अध्यक्ष कृष्ण बहादुर ढकालले प्रस्तुत गरेका थिए । प्रतिवेदनलाई उपस्थित सबैमा एक/एक प्रती उपलब्ध गराइएको थियो ।
प्रस्तुत गरिएको सागंठनिक एवम आर्थिक प्रतिवेदन एवम समाजले हाल:सम्म गरेका कार्यको उपस्थित सबैले मुक्तकठंले प्रशंशा गरेका थिए ।
त्यस्तै समाजको आर्थिक प्रगती प्रतिवेदन समाजका सह-कोषाध्यक्ष शिवराज जैसीले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा बिभिन्न शिर्षक अन्तर्गत जम्मा ९ हजार ८ सय ९० धिराम्स आम्दानी भएको उल्लेख छ । साथै समाजले गरेका उद्दारकार्य सहयोग लगायत बिभिन्न बिषयमा भएको खर्च जम्मा १० हजार ६ सय ५८ धिराम्स खर्च भएको उल्लेख छ । प्रतिवेदन अनुसार समाज ७ सय ६८ युएई धिराम्श घाटामा रहेको उल्लेख गरिएको छ । प्रस्तुत दुबै प्रतिवेदनलाई भेलाले पारीत गरेको छ ।
साथै भेलाले गत नोभेम्बर ३० मा समाजको केन्द्रिय कार्य समितिले आह्वन गरेको बिशेष भेलाले गठन गरेको निर्वाचन समितिलाई समेत सर्वसहमतीले पारीत गरेको छ ।
त्यस्तै वर्तमान कार्य समितिको कार्यअवधी सम्पन्न भएकोले स-सम्मान बिदाइ गर्ने निर्णय गरि तदर्थ समिति निर्माण गरेको छ । समाजका पार्षद अध्यक्ष तुलसी तामाङको सयोजकत्वमा ७ सदस्य तदर्थ समिति बनाइएको हो । तदर्थ समितिको सहयोगमा निर्वाचन समितिले ३ महिना भित्रमा निर्वाचन सम्पन्न गर्ने गरी कार्य गर्ने छ ।
पार्षद भेलाले समाजको बिधानलाई १ महिना भित्र परिमार्जन गर्ने गरी बिधान सशोंधन समिति समेत बनाएको छ । समाजका आजीवन सदस्य पिएस लिम्बुको सम्योजकत्वमा ३ सदस्य समिति बनाईएको हो । गठित समितिले एक महिना भित्रमा बिधानको परिमार्जित मस्यौदा तयार पारी गठित तदर्थ समितिलाई बुझाउने छ ।
वर्तमानकार्य समिति भङग भए लगत्तै समाजका निवर्तमान अध्यक्ष कृष्ण बहादुर ढकालले संचारकर्मीको जिज्ञासामा 'समाजलाई एकजुट बनाउदै आगामी दिनमा झन शशत्त ढगंबाट समाजलाई बलियो बनाएर लैजान एतिहासिक निर्णय गरेको प्रतिकृया दिए',। समाजको जिम्मेवार पदमा बसे पनि नबसे पनि युएईमा आफु रहुन्जेल सामाजिक कार्यमा सरिक हुँदै जस्तो सुकै अवस्थामा पनि समाजसेवाबाट सम्पूर्ण नेपालीको हितको लागि काम गरिरहेन ढकालको भनाइ थियो । उनका अनुसार वर्तमान समिति सग रहेको सम्पूर्ण जिन्सी तथा अन्य सामाग्री फ्रेबअरी १५ शुक्रबार एक कार्यक्रमको आयोजना गरी दुतावासको रोहावारमा हस्तान्तरण गरिने छ ।
बरदुबईमा रहेको एभरेस्ट होटलमा नेपाली समाज युएईका पार्षद अध्यक्ष तुलसी तामाङगको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन गुन्जामान गुरुङले गरेका थिए ।