कर्मचारी मिलन केन्द्र पाल्पाको अध्यक्षमा झलक शर्मा निर्वाचित
मुक्तिप्रसाद न्यौपाने, पाल्पा माघ २०-कर्मचारी मिलन केन्द्र पाल्पाको १९ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक झलक शर्मा पौडल निर्वाचित हुनुभएको छ ।
मिलन केन्द्र पाल्पाका संरक्षक जिल्ला न्यायाधिश हरिश्चन्द्र ढुङ्गानाले कर्मचारीहरुका हक हितको सुनिश्चित गर्न र सरकारको नीति कार्यन्वयनमा मिलन केन्द्रले उल्लेखनीय काम गर्दै जाने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शुभकामना व्यक्त गर्दै केन्द्रलाई रचनात्मक कार्य गर्न सबैको सहयोग रहने प्रतिवद्धता जनाएनुभएको थियो । निर्वाचन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्तको भूमिका स्थानिय विकास अधिकारी दीर्घबहादुर पोखरेलले निर्वाह गर्नुभएको थियो ।
११ सदस्यीय नयाा कार्यसमितिको उपाध्यक्षमा जिल्ला जिल्ला शिक्षा कार्यालय पाल्पाका उपसचिव दिपेन्द्र ढकाल, सचिवमा जिल्ला विकास समिति पाल्पाका योजना अनुगमन तथा प्रशासकिय अधिकृत पुष्कर भट्टराई, सहसचिवमा मनबहादुर परिवार, कोषाध्यक्षमा मुक्तिराम रिजाल र सदस्यहरुमा नवराज वराल, तुलसा अर्याल, शोभाखर गौतम, वैकुण्ठ खनाल, मेघराज शर्मा र डा. नलिननाथ तिवारी निर्वाचित हुनुभएको छ । संस्थाका निवर्तमान अध्यक्ष तुलसिराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुष्कर भट्टराईले गर्नुभएको थियो ।अधिवेशन शनिवार चितुङ्गधारा गाविस प्राङगणमा सम्पन्न भएको हो ।