बर्तमान सरकारले राष्ट्रलाई अफसल राष्ट्र बनाउन लागेको छ-भुषाल
लक्ष्मण पोखरेल,बुटवल २० माघ । नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम भुषालले बर्तमान सरकारले संबिधान सभालाई बिघटन गरेर सताका शक्तिहरु खाली गर्दै राष्ट्रलाई अफसल राष्ट्र बनाउन लागेको उहाले आरोप लगाउनुभएको छ । प्रचण्ड बाबुरामलाई भारतले कबुलियतनामा गराएको बताउदै उहाले माओबादी त्यसै अनुरुप चलको बताउनुभयो ।
प्रचण्डलाई सत्ता चाहिएको छ, त्यसैले देशलाई फसाएर भए पनि सत्ताका लागि मरिमेट्दैछन, एमाले रुपन्देहीले आज बुटवलका आयोजना गरेको कार्यक्रममा उहाले भन्नुभयो । अहिलेको आन्दोलनको सुरुवातबाटै सक्तापक्ष आत्तिएको बताउदै उहाले केही महिनामै घुडा टेक्ने दाबि गर्नुभयो । आफै घुडा टेके राम्रो हुने बताउदै उहाले त्यसो नभए घाटी समातेर घुडा टेकाउने दाबि गर्नुभयो ।
आन्दोलन लक्ष्य प्राप्ति नहुदा सम्म अन्तिम नहुने भन्दै यो आन्दोलनले एउटा संकट अन्य गर्ने बताउनुभयो । कार्यकर्ताले नै भनेको कुरा नै पूरा नभए पनि आन्दोलनले देशमा आमूल परिवर्तन ल्याउछ, उहाले भन्नुभयो । बर्तमान सरकारले देशलाई असफल राष्ट्र बनाउन खोजेको भन्दै त्यसको बर्हिगमनका लागि यो आन्दोलन आवश्यक रहेको बताउनुभयो ।
अव मूलुकलाई बचाउने एमाले मात्रै भएको भन्दै उहाले आन्दोलनबाटै एमालेले राजनीतिक संकटलाई समाधान गर्ने बताउनुभयो । अहिलेको आन्दोलन शुशिल कोइरालालाई प्रधानमन्त्री बनाउने होइन, उनी मार्फत मूलुकको संकट समाधान गर्ने हो, उहाले कार्यकर्तामाझ भन्नुभयो ।