|

कावासोतीमा दान महोत्सव शुरु

नवलपरासी , २० माघ-मुटु, मृगौला र क्यान्सर रोगका विरामीहरुको सहयोगार्थ रकम जुटाउने उद्धेश्यले शनिवारबाट कावासोतीमा राष्ट्रिय दान महोत्सव एवं ज्ञानमहायज्ञ शुरु भएको छ ।

स्थानीय नवजीवन च्यारिटेवल ट्रष्टको आयोजनामा शुरु भएको उक्त महोत्सवमा वाचन प्रविण दीनवन्धु पोख्रेल र बोद्ध धर्म गुरु भिक्षु  बागेन्द्र धर्म ले प्रवचन दिने छन् । एउटै साझा मंञ्चमा दुईवटा धर्मका धर्म गुरुहरुले महायज्ञ सफल पार्न प्रवचन दिन लागेका हुन् ।

यज्ञको शुरुमा शनिबार दिउसो  बाजा गाजा सहित डण्डा बजारवाट कलश यात्रा शुरु भएको थियो । कलश यात्रा पश्चात हरिहर आश्रम देवघाटका १००८ स्वामी ज्ञानानन्द सरस्वतीले यज्ञको शुभारम्भ गरेका थिए ।

 महानायक राजेश हमाल प्रधान संरक्षक रहेको सो संस्थाले १० करोड रुपैया वरावरको अक्षयकोष स्थापना गर्ने उद्धेश्य राखेको ट्रष्टले जनाएको छ ।

दान महोत्सवको अवधीमा विभिन्न क्षेत्रका गरि करिव ६ हजार व्यक्तिहरुलाई सदस्य वनाउने योजना लिईएको ट्रष्टका अध्यक्ष दीनेश भूसालले वताए ।

Posted by Butwalonline on 11:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कावासोतीमा दान महोत्सव शुरु"

Leave a reply