|

नेपाली कांग्रेसले भैरहवामा सरकार विरोधी प्रदर्सन गर्ने

बुटवल, २० माघ ।नेपाली कांग्रेस शंकरनगर गाउ समिति रुपन्देहीले यही माघ २५ गते भैरहवामा हुने सरकार विरोधी क्षेत्रीय सभामा ब्यापक जनसहभागिता गराउने निर्णय गरेको छ ।

गाउं समितिको आयोजनामा पार्टीकार्यालयमा भएको कार्यकर्ता भेलाले नेपाली कााग्रेस रुपन्देहीले आयोजना गर्ने क्षेत्रीय सभामा धेरै जनसहभागिता जुटाई कार्यकर्ता र शुभेच्छुकहरुलाई भैरहवा लैजान बस परिचालन गर्ने निर्णय गरेको सभापति कृष्णबहादुर गौतमले जानकारी दिनुभयो ।

भेलामा गएको मंसीर १७ गते भएको पार्टीको स्थापना दिवसको समिक्षा गरिनुका साथै नव प्रबेसीहरुलाई स्वागत गरिएको थियो । भेलाले आगामी फाल्गुण ६ गते पार्टीमा प्रबेश गरेका नयां कार्यकर्तालाई स्वागत सहित सम्मान गर्ने निर्णय गरेको छ ।

पार्टी सभापति कृष्णबहादुर गौतमको सभापतित्व र सचिव ढालवहादुर कार्कीको सन्चालनमा भएको कार्यक्रममा जिल्ला उपसभापति मनोरमा शेरचन, क्षेत्रीय सभापति यमबहादुर खत्री, जिल्ला सदस्य प्रेमनारायण खरेल, गाउा उपसभापति भीमबहादुर पौडेल, सचिव माधवलाल देवकोटा लगायतले बोल्दै सरकार विरुद्धको आन्दोलनमा सक्रियता पुर्वक लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । 

Posted by Butwalonline on 11:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाली कांग्रेसले भैरहवामा सरकार विरोधी प्रदर्सन गर्ने "

Leave a reply