नेकपा माओवादीको सत्तामोहले मुलुक संकटतर्फ
बटवल २० माघ । नेपाली कंग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाडले एकिकृत नेकपा माओवादीको सत्तामोहले मुलुक संकटतर्फ धकेलिएको बताउनु भएको छ । उहांले लेकतन्त्र मास्न एमाओवादी उद्धत रहेको जिकिर गर्दै लोकतन्त्रका आधार स्तम्भहरु एकपछिअर्को ध्वस्त बन्दै गएको दावी गर्नु भएको छ ।
नेपाली कंग्रेसले बुटवल १२ रामनगरीसथत मानवज्ञानमावीको सभाहलमा अयोजित कार्यक्रममा बोल्दै नेता खाडले अव आन्दोलनले बृहतरुप लिर्दै गएकोले जिकिर गर्नु भयो । उहांले बर्तमानसत्ता बिरुद्ध आन्दोलनको बिकल्प नभएको बताउनु भएको छ । सो अवसरमा कंग्रेस केन्द्रिय सदस्य बाबुराम रानाले निशकुशताबादी सोचले अघि बढेको बर्तमान सरकार अबको आन्दोलनले बढारिने जिकिर गर्नुभयो ।
नेपाली कंग्रेस बुटवल नगरपालिका वडा न १२ का अध्यक्ष खड्क बहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला सभापती अब्दुल रज्जाक,क्षत्रिय सभापती हरि बहादुर आर्चाय क्षत्री,नगर सभापती खेलराज पाण्डे,ईन्द्रध्वज मल्ल,जेवी गुरुङ लगायतले बोल्दै अबको आन्दोलन शसक्त बनाउनु पर्ने धारण राख्नु भएको थियो । सो अवसरमा सो विभिन्न राजनितिक दलहरुमा अबद्ध झण्डै एक सयजना युवाहरु नेपाली कं्रेसिमा प्रवेश गरेका थिए ।