शुक्रवारदेखि बुटवलमा छैठौ राष्टिय प्रागांरिक कृषि मेलामा हुने
बुटवल, २० माघ ।शुक्रवारदेखि बुटवलमा हुने छैठौ राष्टिय प्रागांरिक कृषि मेलामा सम्वन्धित किसान तथा सरोकारवालाहरुको सहभागिताका लागि किसान घरदैलो अभियान सञ्चालन गरीने भएको छ ।
मेलाको स्थानिय आयोजक तथा ब्यवस्थापनको जिम्मेवारी पाएको बुटवल उद्योग बाणिज्य संघको कार्यसमिति र संघ अन्तरगतका बिभिन्न बस्तुगत समितिको आज शनिवार मेलास्थल बुटवलमण्डपमा बसेको संयुक्त बैठकलेमेलालाई उपलब्धिमुलक बनाउन रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका व्यवसायीक तथा किसान समुहको घरदैलोमा पुगि स्टल सहभागिता र अवलोकनका लागि आमन्त्रण गर्ने निर्णय गरेको छ ।
बैठकले गाउमा उत्पादित अर्गानिक उत्पादन, परम्परागत तथा लोपोन्मुख कृषि उपजको प्रोत्साहनका लागि बिज्ञहरुसंग परामर्श गरी पुरस्कारको ब्यवस्था गर्ने निर्णय गरेको छ ।
बैठकले कृषिमेलाको पुर्वसन्ध्यामा आयोजना गरीने जनचेतनामुलक ऱ्यालीमा कृषक समुह तथा कृषि सरोकारवालाहरुको प्रस्तुती र झलक मात्र सहभागि गराउने निर्णय गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संघका उद्योग उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, बाणिज्य उपाध्यक्ष जयप्रकाश गुप्ता, महासचिव अनिलप्रसाद श्रेष्ठ,कोषाध्यक्ष उज्ज्वल कसजु लगायतले मेला तयारीमा अहिले सम्म भएका कामबारेमा जानकारी गराउनु भएको थियो ।
बस्तुगत समितिका सभापतिहरु सन्तराम चौधरी, अशोक गरुगं, शंभु गुप्ता, किशोर कुमार, यमुना रिजाल लगायतले मेला सफलताका लागि बिभिन्न सुझाव दिनुभएको थियो ।