रुपन्देहीको आमा गाविसमा अर्धचेत अवस्थामा एक बृद्ध फेला प्रहरीद्धारा उद्धार
रुपन्देही,फागुन १७ - नेपाल भारत सिमा क्षेत्र नजिकै रुपन्देहीको आमा गाविसमा अर्धचेत अवस्थामा भेटिएका एक बृद्धलाई प्रहरीले उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक धर्मराज भण्डारीले सिमा क्षेत्र आमा गाविसमा आज भेटिएका टेक बहादुर पौडेल नाम बताउने उनलाई उपचारका लागि आफ्नै सहयोगमा लुम्बिनी अञ्चल अस्पताल सम्म ल्याएका छन् । उहाको कम्मरमा चोट लागेको छ । बेबारेसे अवस्थामा उनले अहिले लुम्बिनी अञ्चल अस्पतालको इर्मेजेन्सी कक्षको गल्लीमा उपचार भइरहेको छ । आमा गाविसमा भेटिएको क्रममा आफ्नी छोरीको नाम रुपा पौडेल बताएको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी ६५ बर्षका उहाँ पर्वत जिल्ला तालपोखरी घर भई विगत ३/४ बर्ष यता रुपन्देहीको आमा गाविस र छिमेकी मुलुक भारतको मागी भन्ने स्थानमा बस्ने गरेको हुन सक्ने प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।
प्रहरी निरीक्षक भण्डारीले आफ्नै नगद रकम खर्च गरी एम्बुलेन्स बाट अञ्चल अस्पताल पठाएका थिए । तर अञ्चल अस्पतालले बेबारिसे विरामीलाई उपचार नगर्ने भन्दै अस्पतालमा राख्न नमानेपछि निरीक्षक भण्डारीले बुटवलमा पत्रकारहरुलाई जानकारी गराएका थिए । पत्रकारलाई खवर भएको थाहा पाएपछि अञ्चल अस्पतालले ति बिरामीलाई नुहाइदिएर भुइमै उपचार गरिरहेको छ ।