|

बुटवलमा अन्तरराष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरु

बुटवल,फागुन १७-आदिवासी जागरण सन्जाल मन्चको आयोजनामा छैठौं नेपाल अन्तरराष्ट्रिय आदिवासी चलचित्र महोत्सव बुटवलमा शुरु भएको छ । ३ दिनसम्म संचालन हुने महोत्सवको नेपाली चलचित्रकर्मी दयाहाङ राईले उद्घाटन गर्नुभयो । बुटवलको ग्रिन भ्याली रेष्टुरेन्टमा शुरु भएको महोत्सवको पहिलो दिन एउटा ताईवानी बित्तृचित्र र २ वटा मगर चलचित्र प्रदर्शन गरिएको थियो ।

महोत्सवमा नेपालसहित १२ देशका २४ वटा छोटा फिल्म,म्युजिक भिडियो,फिल्म एवं डकुमेन्ट्री प्रदर्शन गरिने महोत्सवका निर्देशक दिलप्रसाद थापाले बताउनुभयो । २४ मध्ये ८ वटा जातीय समुदायको, १२ वटा छोटा र लामा फिल्म एवं डकुमेन्ट्री रहेका छन् । जातीय मध्यु ३ वटा मगर,२ वटा तामाङ तथा गुरुङ,थारु,नेवार,राई,चेपाङ र लिम्बुको एक एक वटा रहेका छन् । महोत्सवमा विदेशका ११ देशका १२ वटा फिल्म प्रदर्शन हुने आयोजकले बताएका छन् । जसमध्ये कोलम्बिया, ब्राजिल, फिलिपिन्स, ताइवान, क्यानाडा, न्युजिल्याण्ड,भारत, साउथ अफ्रिका, बोलिभिया,अस्ट्रेलिया र अमेरिकाका एक एक वटा चलचित्र तथा डकुमेन्ट्री प्रदर्शन गरिने छ ।  यसपटकको महोत्सव युवाहरुप्रति लक्षित र समर्पित गरिएको आयोजकले दावी गरेका छन् । कार्यक्रमका अबसरमा पर्शुराम चौधरी,आशा थापा,लिल बहादुर गुरुङ,सञ्जोथ थापा मगर,खगेश्वर पुन मगर लगायतले बोलेका थिए ।

Posted by Butwalonline on 5:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बुटवलमा अन्तरराष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरु"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु