|

गाविस सचिवको आन्दोलन स्थगित

काठमाडौं, फागुन १७-स्थानीय निकायको चुनावको माग गर्दै हिजोदेखि आन्दोलनमा उत्रिएका गाविस सचिवहरूले विरोध कार्यक्रम स्थगित गरेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आज भएको वार्ता सहमतिमा पुगेकोले आन्दोलन स्थगित गरिएको सचिवहरूले जनाएका छन् ।

मन्त्रालायका प्रवक्ता दिनेशकुमार थपलयाले गाविस सचिवहरूको जायज माग पूरा गर्न आवश्यक प्रक्रिया सुरु गर्ने सहमति भएको बताउनुभएको छ । भोलिदेखि सबै गाविसका कार्यालय सन्चालनमा आउने पनि मन्त्रालयले जनाएको छ । वार्तामा अन्तरिम संविधानको व्यवस्थाअनुसार स्थानीय निकायको अन्तरिम निर्वाचन गर्न विशेष पहल गर्ने सहमति भएको छ । यस्तै गाविस सचिवहरूले राखेका मागका अतिक्ति स्थानीय निकायका अरू समस्या समाधान गरी प्रभावकारी ढङ्गले सेवा लिने विषयमा रायसल्लाह दिन कार्यदन पनि गठन गरिएको छ । कार्यदलमा गाविस सचिव हकहित संरक्षण केन्द्र र गाउा विकास समिति कर्मचारी सङ्घका पदाधिकारी प्रतिनिधि रहने व्यवस्था गरिएको छ । कार्यदललाई प्रतिवेदन बुझाउनका लागि एक महिनाको समय तोकिएको छ ।

Posted by Butwalonline on 5:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गाविस सचिवको आन्दोलन स्थगित"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु