नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीको अञ्चल अधिबेशनको तयारी पुरा
बुटवल,फागुन १७ - नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी अञ्चल कार्यालयको अञ्चल अधिबेशनको तयारी पुरा भएको छ । यहि फागुन १९ र २० गते बुटवलमा हुन लागेको ११ औं अञ्चल अधिबेशनको तयारी पुरा भएको आिज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
अधिबेशनको उद्घाटन नेपाल ट्ेरड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय कमिटी अध्यक्ष तथा पुर्व सभासद विष्णु रिमालले गर्ने कार्यक्रम रहेको अध्यक्ष ध्यान बहादुर राईले जानकारी दिए । अञ्चलका २ सय ५ जना प्रतिनिधी सहभागि हुने सो अधिबेशनले २१ सदस्यीय नयाँ नेतृत्व समेत चयन गर्ने छ । आगमी कार्यकालका लागि अध्यक्ष पदमा ३ जनाले प्रतिस्पर्धा गर्ने सम्भावना रहेको छ । अध्यक्षका पदका लागि निर्बतमान अध्यक्ष ध्यान बहादुर राई, सचिव कृष्ण प्रसाद कडेल र र सल्लाहाकार चिम बहादुर गुरुङको उम्मेदवारी रहने बताइएको छ । करिव ३ लाखको खर्च हुने अनुमान गरिएको सो अधिबेशनले यातायात मजदुरका अधिकारहरु नया संविधानमा उल्लेख गरिनुपर्ने माग सहित नियुक्त पत्र पाउनुपर्ने, परिचालक अनुमति पत्र पाउनुपर्ने, दुर्घटना न्युनिकरणको पहल हुनुपर्ने, मजदुरहरुले राज्यपक्षबाट निरुत्साहित हुन नहनुे लगाएतका मुद्धाहरुलाई अहि अधिबेशनबाट जोडदार माग गर्ने सचिव कृष्ण प्रसाद कणेलले बताउनुभयो ।
![](http://3.bp.blogspot.com/-QRlvJwBFuVA/UOmaRaHMxnI/AAAAAAAAP60/i40pgqDAyAk/s1600/butwalonline.png)