|

हृदयघातबाट कतारमा कार्यरत एक नेपालीको मृत्यु

दिपक पौडेल ,दोहा– बैदेशिक रोजगारीका लागि विगत दुई बर्षदेखि कतारमा कार्यरत सगरदिन गाविस सर्लाहीका २९ बर्षिय हर्षिम खानको गत विहीबार हृदयघातका कारण मृत्यु भएको छ ।

बेलुका साथीभाईहरूसंग खान खाइ सुतेका खान विहान मृत अवस्थामा भेटिएका थिए । हमाद हस्पिटलको रिर्पोट अनुसार उनको मृत्यु हृदयघातबाट भएको हो । मृतक विगत दुई वर्षदेखि स्थानिय एक लण्डी पसलमा काम गर्दै आएका थिए । मृतकको घरमा श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् । मृतको मृत शरीरलाई आइतवार नेपाल लगिसकेको सर्लाही प्रवासी सेवा समाजका अध्यक्ष जिवछ महतोले जानकारी दिए ।

Posted by Butwalonline on 3:29 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हृदयघातबाट कतारमा कार्यरत एक नेपालीको मृत्यु"

Leave a reply