झ्यालबाट भित्र प्रवेश गरी सुतिरहेको किशोरीलाई बलात्कार गर्ने पक्राउ
दाङ,माघ १९ - हापुर गाबिस ४ निवासी १६ वर्षीया एक किशोरीलाई गत माघ १३ गते राति सामुहिक बलात्कारमा परेकी छन्राति ९ बजे दुई युवाहरु झ्यालबाट भित्र प्रवेश गरी सुतिरहेको अवस्थाबाट घिसार्दै बाहिर निकालेर घरदेखि केही टाढा लगेर सामुहिक बलात्कार गरेको स्थानीय प्रहरीले जानकारी दिएको छ । घटनापछि हापुर-२ का १९ बर्षीय देबेन्द्र गिरी र सोही ठाउँ निबासी १८ बर्षीय माधव गिरी पक्राउ परेका छन् । घटना भएको भोलिपल्ट पीडित किशोरीले जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई माघ १६ गते पक्राउ गरेको हो । पीडित किशोरीकी बुवा अर्को बिहे गरेर झापामा बस्दै आएको र आमाले पनि अन्तै विावाह गरेपछि उनी मामा घरमा बस्दै आएकी छन् । उनी मावि तहमा अध्ययनरत छात्रा हुन् ।पिडितले जाहेरीमा लेखेको घटना विवरणमा १३ गते राति भाइ/बहिनीसँग सुतिरहेका बेला देबेन्द्र गिरी र माधव गिरी झ्यालबाट प्रबेश गरी एक्कासी मुख थुनी कोठाबाट लतार्दै बाहिर लिई घिसार्दै जबरजस्ती घरदेखि दक्षिणतर्फ रहेको खरकट्टीमा लगेर दुबैले पालैपाले बलात्कार गरेको उल्लेख छ ।घटनाका अभियुक्तलाई १६ गते पक्राउ गरेपछि १७ गते म्याद थप गरी अनुसन्धान प्रकृया सुरु भएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी दाङ प्रहरीले माघ २ गते घोराही १० का ३८ बर्षीय मोहमद जहीर शेखले घोराहीमा एक युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै उनी विरुद्धसमेत जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरेको छ ।स्रोत : ओन लाइन खबर
Posted by Butwalonline
on 9:57 AM. Filed under
News Source
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response