|

नमस्तेबाट राती फोन गर्दा ३० पैसा



२८ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्नो नवौँ वाषिर्कोत्सवको अवसर पारेर आफ्ना केही सेवाको महसुल दरमा छुट प्रदान गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहका अनुसार पिएसटिएन सेवाका ग्राहकहरुलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने गरी न्यूनतम मासिक महसुल २०० रुपैंयामा २२५ लोकल कल गर्न पाउने व्यवस्था गरिएको छ । यस्तै जिएसएम तथा सिडिएमए सेवा कम्पनीकै नेटवर्कभित्र हुने जिएमएस सेवाको विद्यमान महसुल दरमा सोमबारदेखि फागुन ३० गतेसम्म ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
जिएसएम र सिडिएमए मोबाइल सेवामा हाल उपलब्ध रात्रिकालीन सेवाको महसुल दरमा सोमबारदेखि फागुन ३० गतेसम्म प्रतिकल ३० पैसा कायम गरिएको छ । अस्टे्रलिया र बेलायतमा १४२४ मार्फत हुने कल सेवामा करबाहेक प्रतिमिनेट १२ रुपैंया रहेकामा फागुन ३० गतेसम्म चार रुपैंया कायम गरिएको टेलिकमले जनाएको छ । यस्तै वाइम्याक्स प्रविधिबाट प्रदान गरिदै आएको टाडा प्याकेजमा १० जिबी बोनस प्रदान गरिएको कम्पनीले जनाएको छ ।
फोर जी सबै गाविसमा
नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै सुरु गरेको चौथो पुस्ता ९द्धन्० को वाइम्याक्स सेवा सबै जिल्लाका सबै गाविसमा वितरण गर्ने भएको छ । वायरलेस यो प्रविधि हाल काठमाडौँ उपत्यका, बनेपा, धुलिखेल, चौतारा, दोलखा, रामेछाप, चितवन, पोखरा, भैरहवा, बुटवल र पाल्पामा कायम रहेकोमा सोमबारदेखि विराटनगर, इटहरी, धरान, विर्तामोड, धुलाबारी, भद्रपुर र हेटौडामा सुरु भएको छ ।
युवापुस्ताबीच यो सेवा अत्यन्त लोकप्रिय मानिएको छ । नेपाल टेलिकमको नवौँ वाषिर्क उत्सवको अवसरमा काठमाडौंमा भएको कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले द्रुत गतिको इन्टरनेट सेवासमेत उपलब्ध हुने आइपी सिडिएमए सेवालाई आगामी एक महिनाभित्र देशका सबै सहरमा सञ्चालन गर्ने र डेडवर्षभित्र मुलुकका सबै गाविसमा पुर्‍याउने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले स्तरीय दूरसञ्चार सेवाको पूर्वाधार खडा गरी सेवा नपुगेका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरुमा दूरसञ्चार क्षेत्रको पहुँच पुर्‍याउने लक्ष्य रहेको पनि बताउनुभयो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले कम्पनी अगाडि बढाउन मन्त्रालयका तर्फबाट सबै सहयोग हुने भन्दै सामाजिक दायित्वलाई नबिर्सन आग्रह गर्नुभयो ।

Posted by Journalist Mukti on 9:56 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नमस्तेबाट राती फोन गर्दा ३० पैसा"

Leave a reply