|

तेक्वान्दोको बेल्ट टेस्ट सम्पन्न


पोखरा, ६ माघ।कास्की जिल्ला तेक्वान्दो सङ्घको वार्षिक क्यालेण्डरअनुसार सङ्घको मातहतमा सञ्चालित विभिन्न डोजाङ तथा स्कुलमा प्रशिक्षणरत खेलाडीहरूको बेल्ट टेस्ट शनिबार सम्पन्न भयो।

ग्रेडिङ कमिटीका संयोजक राजु श्रेष्ठको संयोजकत्वमा पोखरा र·शालाको तेक्वान्दो हलमा दुई दिनसम्म भएको बेल्ट टेस्टमा ३१ जना खेलाडीको सहभागिता रहेको थियो।

जसअनुसार १७ जना रेडबेल्टले रेड ब्ल्याक, नौजना रेडब्ल्याकले ब्ल्याक फस्ट डान र ३० औं समूह ब्ल्याक बेल्टले सेकेण्ड डानको लागि पााच जनाले टेस्ट दिएका थिए।

सहायक प्रशिक्षकद्वय सुनबहादुर लामा र बलराम लामा तथा ललित धामी, कुमार गुरुङ, राजन पौडेल, कृष्ण महर्जन, प्रितम कुावर, अरुण माझी, महावीर थापा, निशान कार्की, विनय भण्डारीलगायतले खेलाडीहरूको टेस्ट लिएको सङ्घका सचिव प्रेमनाराण न्यौपानेले जानकारी दिए।

Posted by Butwalonline on 1:51 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तेक्वान्दोको बेल्ट टेस्ट सम्पन्न"

Leave a reply