|

अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिको भेला सम्पन्न

शरद सुवेदी । माघ ५ । अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिको विशेष भेला सम्पन्न भएको छ । भेलाले निरञ्जन श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । जसको उपाध्यक्ष सुरेश चन्द्र श्रेष्ठ, खिल बहादुर श्रेष्ठ, दिपक कार्कि, अर्जुन श्रेष्ठ र राजन दाहाल हुनुहुन्छ । सचिव उद्धव गौतम, सह सचिव नकुल चौलागाई र कोषाध्यक्ष टिका कार्की र सह कोषाध्यक्ष नकुल कुटुवोजु रहनु भएको छ । त्यस्तै सदस्यहरुमा कुमार कार्की, दिपक महत, पदम बहादुर श्रेष्ठ, राजकुमार ठकुरी, सुमन तामाङ्ग, उत्तरध्वोज श्रेष्ठ, नारायण पौडेल पशुपति ढुंगाना, रेवति ढुंगाना, राम बुढाथोकी, राजु गिरी, शेरमान तामाङ्ग, रविन्द्र श्रेष्ठ, लव खड्का, राजकुमार गिरी, राजकुमार रञ्जितकार, कुमार केसी, टिकालाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, कैलाश केसी, नविन लामा र राज दंगाल रहनु भएको छ ।

भेलाको उद्घाटन अखिल नेपाल ट्ेरड यूनियन महासंघ छैटौं महाधिवेशन आयोजक समितिका संयोजक शालिकराम जम्मकट्टेलले गर्नुभएको थियो । उहाले सम्पूर्ण यातायात मजदुरहरुलाई टुट फुटमा नलागि संगठनको मूलधारमै रहेर यातायात मजदुरको अधिकार प्राप्तिको लडाईमा एकतावद्ध लडाई लड्न आवश्यक रहेको बताउनुभयो । छिमेकी राष्ट्र चिन साग जोडिने नाकामा काम गर्ने मजदुरहरुको एकताले नै पेशागत हक हित अधिकार संरक्षणमा एवम् राष्ट्र निर्माणमा समेत यस क्षेत्रका यातायात मजदुरहरुको विशेष भूमिका रहेको व्याख्या गर्नुभयो ।

भेलामा अखिल नेपाल यातायात मजदुर संघ चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक जगत सिंखडा र आयोजक समितिका सदस्य सोम तामाङ्गले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । उहााहरुले संगठन निर्माण, परिचालन र व्यवस्थापनका विषयमा मजदुरहरुलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो ।



Posted by Butwalonline on 9:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला समितिको भेला सम्पन्न"

Leave a reply