6:34 PM | Posted by Butwalonline
यो दृष्य हेर्दा तपाई अचम्म पर्नु हुन्छ । यो दृष्य सुर्खेतबाट दैलेखका लागि बिहानै छुटेको दिवा बसको हो । यात्रुले खचाखच चरिएको सो बसको छत र ग्यालरी भरी तरकारीका बोराहरुले भरीएको छ । सामान बोक्ने ट्रक जस्तै तरकारीले टम्न भरेर दैलेख जाने बिहानका बसहरु जाने गर्दछन् । यसरी बसहरुले यात्रु सागै तरकारी बोकेर दोहोरो फाईदा त लुटिरहेका छन् तर उता यात्रुहरुले भने दैलेख पुग्दा सम्म नाक थुनेर यात्रा गर्नु पर्ने अबस्था सिर्जना भएको छ । यसबारेमा यात्रुहरुले आवाज उठाउदा पनि उनीहरुको आवाज कसैले सुन्दैन । खै त यस्तो अबस्थाको अनुगमन तथा रोकावट समिति तथा सरोकारवालाहरुले गरेको । तस्वीर :हेमराज भट्ट
सम्बन्धित शीर्षकहरु: Photo Gallery

Posted by Butwalonline
on 6:34 PM. Filed under
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response