लागु औषध नियन्त्रणका लागि प्रहरी सक्रियता बढाउनु पर्ने आवश्यक
ज्ञानु गोतम ,नेपालगन्ज, पुस २५-लागु औषध नियन्त्रणका लागि प्रहरी सक्रियता बढाउनु पर्ने बाँके जयसपुरका स्थानिय बासिन्दाले सरोकारवालाहरू सँग माग गरेका छन् ।
जयसपुरमा लागु पदार्थको नियन्त्रण सम्बन्धी नेपाल मानव अधिकार संगठन बाँकेले बुधवार गरेको जिल्ला तथा गाविस स्तरिय सरोकारवाला सँग सार्वजनिक संवाद कार्यक्रममा बोल्ने अधिकांस स्थानिय बासिन्दाले पछिल्लो समयमा लागु पदार्थको कारोबार घट्दै गएको भन्दै शुन्यतामा झार्न प्रहरी सक्रियता अझै आवश्यक रहेको बताएका छन् ।स्थानिय बासिन्दाको जिज्ञासा मेटाउदै प्रमुख अतिथी एवं प्रमुख जिल्ला अधिकारी ढुण्डिराज पोख्रेलले लागु औषध नियन्त्रण गर्नुको बिकल्प नभएको बताउदै सामाजिक संघ संस्थाले गरेको अभियानमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भएको थियो ।
पोख्ररेलले लागु औषध नियन्त्रणका लागि नेपालमा पनि प्रभावकारी कदम चालिनुपनर््े वताउुनभयो ।
भेरी अंचल प्रहरी प्रमुख, बरिष्ठ प्रहरी उपरिक्षक माधव नेपालले लागु औषधको असर बारे प्रशिक्षण दिनुपर्ने आवश्यक्ता औल्याउनु भयो । प्रहरी सँग समन्वय गरेमा लागु औषधको कारोबारमा निर्मुल हुने उहाँको भनाई थियो ।नेपालले लागु औषध नियन्त्रण गर्नका लागि थुपै चुनौतिहरु रहेको वताउदै चेतनामुलक कार्यक्रमको आवश्यकता औल्याउनुभयो । साथै उहाले नेपाल प्रहरीले दशैभरी लागु पदार्थ नियन्त्रणका लागि चलाएको अभियानलाई वाँके जिल्लामा थप प्रभावकारी वनाईने वताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बिक्रमसिंह थापाले अभिभावकले आफ्ना बालबच्चालाई कुलतबाट मुक्त बनाउन घरैबाट लागु औषधको लागि जनचेतना जगाउन आवश्यक रहेको जानकारी गराउनु भयो ।जयसपुरमा अझैपनि जनचेतना आवश्यक रहेको उहाँले बताउनु भयो । नेपाल मानव अधिकार संगठन बाँकेका सभापति गणेश रेग्मीले जयसपुर गाविसलाई लागु औषध मुक्त बनाउन आफुहरुले कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा जयसपुरका स्थानिय बासिन्दा एवं राष्ट्रिय मुस्लिम आयोगका केन्द्रिय सदस्य अक्रम अन्सारी, लागु औषध नियन्त्रण सेवा समितिका अध्यक्ष मुस्तकिम अन्सारी, शिक्षक अक्तर अन्सारी, फकिर मोहम्मद अन्सारी, स्थानिय बासिन्दा नवसाद पठान, फातिमा फाउण्डेशनकी कार्यबाहक अध्यक्ष मैमुना सिद्धिकी, मधेशी जनअधिकार फोरमका अध्यक्ष कौशल मिश्र, राप्रपाका कृष्ण खरेल ,ईन्सेकका सुसिल चोधरी , सीएलडिका रोहीत चौधरी,युएनडिपीका रिता खतिवडा, जयसपुर गाविस सचिव रञ्जन तिमेल्सेना,जयसपुर गाविसका अगुवा मनु राई लगायतले जयसपुरमा अझैपनि प्रहरी सक्रियताको साथ साथै जनचेतना मुलक कार्यक्रम संचालन गर्नुपर्ने खाँचो रहेको औल्याउनु भयो ।
पहिलेको तुलनामा स्थानिय बासिन्दाहरु धेरै शिक्षीत भैसकेपनि अझै जनचेतना भने सिर्जना गर्नुपर्ने उहाँको भनाई थियो भने कार्यक्रम सहजीकरण नेपाल मानव अधिकार संगठनका संयोजक डिल्ली प्रसाद जैसी र जयसपुर गाविसका सामाजिक परिचालक हफिजुल्ला अन्सारीले गर्नुभएको थियो ।