झोलुङगे पुलको संरक्षणमा सरोकारवाला जोड
बुटवल,माघ ४- पश्चिम तथा मध्य पश्चिम क्षेत्रका सत्र जिल्लामा निमार्ण भएका झोलुङगे पुल तथा तीनको मर्मत संहारका विषयमा सरोकारवाला निकायहरुसंगको कार्याशाला बुटवलमा सम्पन्न भएको छ । बेलबृज सर्पोट युनिट बुटवलको संयोजनमा भएको कार्यक्रमा पुलसंग आवद्ध समाजिक परिचालक तथा प्राविधिकहरुसंग कार्याशाला अयोजना गरिएको हो । पुल निमार्ण मात्र होईन बनेका पुलको मर्मत संहारका विषयमा पनि गंभिर ध्यान दिनुपर्नेमा सहभागिहरुको जोड थियो । उनिहरुले झोलुङगे पुल निमार्णको माग अत्याधिक रहेको भन्दै राजनितिक आग्रह पुर्वाग्र भन्दा पनि आवश्यकताको सिदान्तका आधारमा निमार्ण गर्नु पर्ने सुझाव समेत दिएका छन् । सरकारले पुल निमार्ण गर्दा स्थानियको सहभागिता आवश्यक रहेको उनिहरुको भनाई छ ।
राजनितिक दलका नेताहरुको जोड जबरजस्तीले निमार्ण भएका पुलको संरक्षणमा समस्या आउन सक्ने उनिहरुको धारणा छ । सहभागिहरुलाई पुल निमार्ण तथा त्यसको प्रक्रिया तथा सहयोगका बारेमा जानकारी दिदै बेलबृज सर्पोट युनिटका केन्द्रिय कार्यालयका टिम लिडर तुल्सी नेपालले निमार्ण भएका झोलुङगे पुल समाजका साझा सम्पत्ती भएको त्यसको संरक्षणको दायित्व पनि समाजकै भएको बताउनु भयो । उहांले विदेशी दातृ निकायले नेपालका कुना कन्दरामा रहेका सर्बसाधारणलाई सहज आवतजावतका लागि भनेर पुल निमार्णमा सहयोग गरेको भन्दै त्यस्तो सहयोग उनिहरुसंग पुग्नु पर्ने बताउनु भयो ।
सहभागिहरुलाई प्रशिक्षण दिदै बेलबृज सार्पोट युनिटका प्रोग्राम अफिसर कान्ती सिंह, बुटवल शाखा प्रमुख दिनेश पाण्डे लायगतले धारण राख्नु भएको थियो ।
