|

साझा औषधी पसलको भवन शिलान्यास

तम्घास ,माघ ४-नेपाल सरकारको साझा स्वास्थ्य सेवा विभागले तम्घास अस्पताल परिसरमा साझा औषधी पसलका लागि भवनको शिलन्यास गरेको छ । ५ लाख लागतमा २ महिना भित्रै सम्पन्न गर्ने गरी सुरु गरिएको एक तले भवनको आज तम्घास अस्पताल बिकास समितिका अध्यक्ष बिरबहादुर कार्कीले एक कार्यक्रमका बिच शिलन्यास गर्नुभएको छ ।

शिलन्यास कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डाक्टर हरिबहादुर के.सी, डाक्टर काशिम शाह, साझा स्वास्थ्य सेवा पाल्पाका प्रमुख नरेन्द्र विक्रम लम्साल, वुटवल शाखाका लेखापाल गुणराज पोख्रेल लगायतको आतिथ्यता थियो । २ महिना भित्र मै भवन सम्पन्न गरी सर्व सुलम मुल्यको औषधी बिक्रि बितरण गरिने पाल्पाका प्रमुख लम्सालले बताउिनुभयो । निजी औषधी पसलको मन परी मुल्य दरको मारमा परेका जनता साझ औषधी पसल खुले पछि प्रभावित हुने उहाको दावी छ । ६० प्रतिशत नेपाल सरकार र ४० प्रतिशत शेयर पुाजीबाट सञ्चालन हुने साझ औषधी पसल तम्घास अस्पताल हाता भित्रै सञ्चालन हुन लागेको हो । साझा पसलमा सरकारले निर्धारण गरेको निर्धारित र सर्व सुलभ औषधी विक्रि हुने गर्दछ । साझा अ‍ैषधि पसल खुलेपछि चर्को मुल्य तिर्नुपर्ने सर्वसाधारणको समस्या हट्ने अपेक्षा गरिएको छ ।

Posted by Butwalonline on 5:55 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साझा औषधी पसलको भवन शिलान्यास"

Leave a reply