|

अपाङ्ग आश्रममा खाद्यान्न र कपडा वितरण

बुटवल,माघ ४-लियो क्लब अफ तिलोत्तमाले आज अपाङ्ग आश्रममा खाद्यान्न वितरण गरेको छ । क्लबले वुटवल होराइजन चोकमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेका अपाङ्गहरुलाई सो खाद्यान्न र कपडा  वितरण गरेको हो ।

आश्रममा खाद्यान्न र कपडाको अभाव भएको खवर आएपछी क्लबले राहत वितरणस्वरुप यस्तो कार्यक्रमको आयोजना गरिएको जनाएको छ । क्लबका अध्यक्ष लियो सन्देश श्रेष्ठको अध्यक्षता, निर्मीत कसजुको स्वागत मन्तव्य र चिरन्जीवी थैवको सञ्चालनमा सो कार्यक्रम भएको हो । खाद्यान्न वितरण कार्यक्रममा बोल्दै क्लबका पि आरओ लियो गोविन्द वस्नेतले अपाङ्ग आश्रम अपाङ्ग हरुलेनै आफै सन्चालन गरेककोमा प्रसम्सा गर्दै भलिका दिनमा पनि क्लबले सहयोग गर्ने र अन्य संघ संस्थाहरुले पनि अपाङ्ग आश्रमलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

Posted by Butwalonline on 5:51 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " अपाङ्ग आश्रममा खाद्यान्न र कपडा वितरण"

Leave a reply