६२ देशका बुद्धधर्मावलम्वीद्धारा कपिलवस्तुको भ्रमण
बुटवल,माघ ४- लुम्बिनी भ्रमण बर्षमा ६२ देशका बुद्ध धर्मावलम्वीहरुले कपिलवस्तमा रहेका बुद्धसंग संबन्धित स्थलहरुको भ्रमण गरेका छन् । बिश्व कै सबै भन्दा बढी सानो देश भ्याटिकन सिटी, चिन, श्रीलंका, फ्रान्स, बेलायत, अमेरिका लगायत दशेका नागरीकहरुले ती स्थलहरुको भ्रमण गरेका हुन ।
सो अवधिमा श्रीलंका, रसिया, थाईल्इाण्ड, म्यानमार लगायत देशका उच्च तहका ब्यक्तित्वहरुले समेत जिल्लाको बुद्ध स्थलहरुको भ्रमण गरेका थिए ।
भ्रमण बर्षमा ३३ हजार बढी बिदेशी पर्यटकले बुद्ध स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) अबलोकन गरेका थिए ् । सन् २०११ को भ्रमण बर्षको तुलनामा २०१२ मा २१ प्रतिशत बढी पर्यटक आएका छन् । भ्रमण बर्षमा श्रीलंकाबाट सबै भन्दा बढी पर्यटकहरु आएका थिए । त्यस पछि थाईल्याण्ड, म्यानमार, कम्बोडिया, भियतनाम, दक्षिण कोरियाका पर्यटक तिलौराकोट आएको लुम्बिनी बिकास कोषको तिलौराकोट संपर्क कार्यालयले जनाएको छ ।
२०११ म यहा यहा २७ हजार ३२५ बिदेशी पर्यटक आएका थिए भने २०१२ मा यहा ३३ हजार १४३ बिदेशी पर्यटक आएका थिए ।८० प्रतिशत बढी बिदेशीहरु शान्ति, सद्भाबको कामना र धार्मिक तीर्थयात्राका लागि आउने गरेको तिलौराकोट स्थित लुम्बिनी बिकास कोषका कर्मचारी माधब आर्चायले बताउनु भयो । यहा आउने पर्यटकमा सबैभन्दा बढी श्रीलंका रथाईल्याण्ड छन् । त्यस पछि क्रमश: म्यानमार, कम्बोडिया, भियतनाम र दक्षिण कोरियाका रहेका छन् । दुई बर्ष यता जापानी पर्यटकहरु घटेका छन् भने चीनका बढी रहेका छन् । त्यस्तै यहा बेलायत, फ्रान्स र नेदरल्याण्डका पर्यटक आउने गरेका छन् ।
बुद्ध धर्माबलम्बीहरु भने यहाको पाईला नटेके सम्म पुण्य प्राप्ति नहुने हुनाले पबित्र स्थल मानेर यहा आउने बुद्धमार्गीहरुको भनाई छ । यहाको मुख्य दरबार भग्नावषेशमा आई सुत्रपाठ, पुर्बी र पश्चिमी गेटमा भगबान गौतम बुद्धको बाल्यकालको जीबन लीला पाठ गरे पछि मात्र शान्ति प्राप्त भई आत्म सन्तुष्टि उनीहरु बताउछन् । तिलौराकोट भगबान गौतम बुद्धले २९ बर्ष जिबनयापन गरेको क्रीडास्थल तथा उनका पिता राजा शुद्धोदनको राजप्रासादका रुपमा बिश्वमा परिचित छ ।