साना उद्योगको पर्बद्धनमा राज्यको ध्यान नपुगेकोले बन्द हुने अवस्थामा
बिनोद परियार,भैरहवा माघ ४- साना तथा मझौला उद्योगहरुको विकास र प्रर्वद्धनविना नेपालले औद्योगिक विकास गर्न नसक्ने एक कार्यक्रममा बताईएको छ । घरेलु तथा साना उद्योगको पर्बद्धनमा राज्यको ध्यान नपुगेकोले नै नेपालको आर्थिक विकासले गतिलिन नसकेको उनीहरुको भनाई छ । घरेलु तथा सना उद्योग महासघ रुपन्देहीको आज भएको कार्यालय उद्घाटन समारोहमा बोल्दै उनिहरुले यस्तो बताएका हुन् ।
भैरहवाको लुम्बिनी रोडमा स्थापना गरिएको कार्यलयको उद्घाटन गर्दै महासंघको केन्द्रिय महासचिव बिष्णु बहादुर लुईटेलले औधोगिक क्षेत्रको ९५ प्रतिशत उत्पादन साना उद्योगले ओगटे पनि उनिहरुको पिरमर्का राज्यले नबुझ्दा धेरै उद्योग बन्द हुने अवस्थामा पुगेको बताउनु भयो । कार्यक्रमा बोल्दै धरेलु तथा सना उद्योग कार्यालय रुपन्देहीका निमित्त प्रमुख शिव पुजन चौधरीले नेपालका सना तथा मझौला उद्योगको विकासमा राज्यले ध्यानपुरार्याउन आवश्यक भएको बताउनु भयो ।
घरेलु तथा सना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष कन्हैयालाल कसौधनको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका क्षेत्रिय उपाध्यक्ष कृष्ण अधिकारी, केन्द्रिय सदस्यहरु शंकर आर्चाय, नेत्र पाठक,सल्लाहकार चेतमान श्रेष्ठ,रुपन्देही उद्योग संघका सल्लाहकार सुर्य कुमार श्रेष्ठ,महासंघका उपाध्यक्ष छवि काफ्ले,महिला सभापती शान्ता शर्मा,सचिव किरण खरेल,एससिपी परियोजनाका कोओडिनेटर चुडामणी भट्टराई लगायतले धारण राख्नु भएको थियो ।
