६ ओटा खुट्टा २ टाउको र दुइ पुच्छर भएको भैसीको पाडो !
नवलपरासी,माघ १ - नवलपरासीको देउराली ४ वेलहानीमा एक भैसीले अनौठो किसीमको पाडो जन्माएको छ । वेलहानीका कृषक नविन आले ले पालेको भैसीले अगाडि ४ ओटा खुट्टा , पछाडि २ ओटा खुट्टा, २ ओटा टाउको र दुइ ओटा पुच्छर भएको पाडो जन्माएको पशुचिकित्सक तुलवहादुर पाटाले जानकारी दिनु भएको छ ।
चिकित्सकले सल्लेकृया गरि निकालेको पाडो भने मृत रहेको जनाइएको छ । अनौठो किसीमको भैसीको पाडो हेर्न अहिले नविन आलेको घरमा सर्वसाधारण घुइचो लागेको छ ।
