|

सुकुम्वासी समस्या समाधान आयोग नवलपरासीको तालाबन्दी खुल्यो

बुटवल , माघ १ -कृषक हकहित संरक्षण मञ्च नेपाल, नवलपरासीले सुकुम्वासी समस्या समाधान आयोग नवलपरासीमा पौष २६ गते गरेको तालाबन्दी खुलेको छ ।

जिल्ला मालपोत कार्यालय प्रमुख एवम् आयोगको सदस्य सचिव श्री रामनारायण पाण्डे तथा जिल्ला स्तरीय राजनीतिक दल र भूमि अधिकार मञ्चको पदाधिकारी र पीडित कृषकहरुसंग जिल्ला मालपोत कार्यालय नवलपरासीमा भएको छलफल पछि ताला खोलिएको मञ्चका अध्यक्ष शम्भु प्रसाद उपाध्यायले बताएका छन् । छलफलमा जिल्लाको गुठिप्रसौनी गाविस ७ (च) लगायत जिल्लाका अन्य गाविस समेतमा रहेको अनियमित दर्ता बदर गर्ने र जोतभोग तथा बसोवासको आधारमा दर्ता गर्नको लागि अधिकार प्राप्त आयोगको लागि सुकुम्वासी समस्या समाधान आयोग मार्फत केन्द्रिय आयोग र भूमिसुधार मन्त्रालयमा माग गर्ने सहमति भएको हो । यस कार्यका लागि जिल्ला स्थित सुकुम्वासी समस्या समाधान आयोगले सक्रियताका साथ पहल गर्ने भनी भएको सहमतिपछि तालाबन्दी खोलिएको हो ।

Posted by Butwalonline on 6:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुकुम्वासी समस्या समाधान आयोग नवलपरासीको तालाबन्दी खुल्यो "

Leave a reply