रुपन्देही सहित तराईमा आजदेखि माघी पर्व मनाउन शुरु
बिनोद परियार,बुटवल , माघ १ - थारु समुदायको महान पर्व माघी खिचडी आजदेखि शुरु भएको छ । रुपन्देही सहित तराईका जिल्लाहरुमा माघी पर्व धुमधामका साथ मनाउईछ । माघिको अवसरमा राष््रपति डाक्टर रामबरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले छुट्टाछुट्टै रुपमा शुभकामना सन्न्देश दिनु भएको छ । राष्ट्रपति यादवले शुभकामना सन्देश दिनुहुदै माघिले सबैलाई एकतामा बाधोस भन्ने सन्देश दिनु भएको छ । माघी पर्वको रुपन्देहीमा पनि रौनकता छाएको छ । रुपन्देहीको पर्रोहा,दुधराक्ष,रुद्रपुर,मोतीपुर,छपिया,देवदह लगायतका थारु बस्तीमा यतिखेर माघी पर्वको उल्लास छाएको छ । नयाँ बर्षको रुपमा समेत मनाईने माघी पर्वलाई थारु समुदायले सबैभन्दा बढि महत्व र ठूलो चाडको रुपमा मनाउदै आएका छन् ।
माघी खिचडीको अवसरमा आज ठाउ ठाउमा महोत्सव संचालन भएको छ । नवलपरासीको मनरीमा पनि सातौ खिचडी महोत्सब २०६९ सुरु भएको छ । महोत्सबमा बिभिन्न थारु संस्कृति झल्काउने प्रर्दशनी स्टल, थारु संस्कृतिका नाच,थारु संस्कृतिका बिभिन्न प्रस्तुतीहरु गरिएको थिये ।माघी पर्वको अवसरमा काठमाडौंको टुडिखेल, बर्दियाको ठाकुरद्धारा, बाँकेको राप्ती पारीमा पर्ने भुावरभवानी, दाङ्को रिहार,रुपन्देही नवलपरासी लगायतका बिभिन्न स्थानमा मेला लागेको छ । थारु समुदायले माघी पर्व एक हप्तासम्म मानाउने गर्छन् ।
थारुहरुको महान पर्व माघीको अवसरमा रुपन्देहीको टिकुलीगढ ५ करौजियामा आज एक दिने माघी महोत्सव सम्पन्न भएको छ । न्यु सिटी युवा क्लब टिकुलीगढको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी एवं उद्योगी सन्तराम चौधरीले थारु सहित हरेक जातिका नयां पुस्ता र युवा पिढीले आफ्नो जातीय संस्कृति परम्परा बिर्सदै विदेशी संस्कृति र फेसन अनुसरण गर्ने प्रवृत्ति बढेकाले आफ्नो संस्कृति संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहांहरुले राज्यले सबै जातजातिको भाषा,संस्कृति संरक्षणमा भेदभाव नगरी समान रुपले लगानी गर्नुपर्ने माग समेत गर्नुभयो । कार्यक्रममा थारु कल्याणकारिणी सभा रुपन्देहीका सल्लाहकार मंगलप्रसाद चौधरी, आदिवासी जनजाति महासंघ टिकुलिगढ गाउं समन्वय परिषदका सहसचिव चित्रबहादुर गुरुङ,न्यु सिर्जना युवा क्लबका अधयक्ष हरि दर्लामी, लगायतले बोल्नुभएको थियो । आयोजक क्लबका अध्यक्ष धनबहादुर थारुको अध्यक्षता,देवनारायण चौधरीको स्वागत तथा तुल्सी थारु र अनिता थारुको संचालनमा सम्पन्न कार्यक्रममा थारु समुदायको परम्परागत मयुर नाच,झुमडा,झाम्टा र लठ्ठी नाच का साथै थारु कलाकारले गीत पनि प्रस्तुत गरेका थिए ।
