प्रधानमन्त्री सवार गाडीमा विपक्षीद्धारा ढुङ्गा प्रहार
धनगढी, माघ १४ - प्रधानमन्त्री डा. बाबुराम भट्टराई चढेको गाडीमा विपक्षी युवा संगठनका कार्यकर्ताले ढुङ्गा प्रहार गरेका छन् । प्रहरीको घेरा तोडेर अघि बढेको प्रदर्शनकारीले हानेको दुई वटा ढुङ्गा प्रधानमन्त्री चढेको गाडीको चक्कामा लागेको हो ।
प्रधानमन्त्री भट्टराई बैतडीबाट धनगढी आएका हुन् । धनगढीको कवर्ड हालमा हुन लागेको माओवादीको जिल्ला अधिवेशनको उद्घाटनमा जान लागेका उनी माथी बैंक चोकमा ढुङ्गा प्रहार गरिएको हो ।
सुरक्षामा खटिएका ठूलो संख्यामा तैनाथ प्रहरीको घेरा तोडेर नजिकै पुगेका विपक्षी युवा संगठनका कार्यकर्ताहरुले कालो झण्डा देखाउनुका साथै ढुङ्गामुढा प्रहर गरेका हुन् ।
प्रधानमन्त्री भट्टराई चढेको हेलिकप्टरबाट नेपाली सेनाको बोराटारीमा ओर्लेर उनी कार्यक्रमस्ठ्ठल जाँदै थिए ।
अहिले विपक्षी युवा संगठनहरुले बजार क्षेत्रमा नाराजुलुस गरिरहेका छन् । स्रोत : कांतिपुर