अखिलद्वारा शहीद दिवसमा अन्तक्र्रिया
लक्ष्मण पौडेल,बुटवल, माघ १६-९३ औं शहीद दिवसको अवसर पारेर अनेरास्ववियुले अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. १ रुपन्देहीको आयोजनामा देवदह आदर्श क्याम्पस खैरेनीमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तक्र्रियामा बोल्ने वक्ताहरुले राणा शासनको अन्त्यदेखि १९ दिने जनआन्दोलन सम्मका सम्पूर्ण शहीदहरुप्रति वर्तमान एमाओवादी नेतृत्वको सरकारले अपमान हुने गरी सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको बताएका छन् ।
संगठनका क्षेत्रीय अध्यक्ष युवराज भण्डारीको अध्यक्षता र कृष्ण पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य ध्रुव खरेल, सिद्धिचरण भट्टराई, अनेरास्ववियुका केन्द्रीय सदस्य यम पाण्डे, जिल्ला अध्यक्ष सरोज पोखरेल, उपाध्यक्ष सन्दिप बि.क., सदस्य इन्द्रजित राय, दीपक चापागाई, नेपाल राष्ट्रिय शिक्षक संगठनका क्रृषेश्वर अर्याललगायतले वर्तमान सरकारलाई विगतका आन्दोलनमा जस्तै अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरुको निर्णायक संघर्षबाट बर्खास्त गर्नुपर्ने बताएका थिए ।