विवाहमा बाजा बजाउन पुगेका दई जनाको मृत्यु
बैतडी, ७ माघ । बैतडी जिल्लामा बढेको अत्याधिक चिसोका कारण विवाहमा बाजा बजाउन पुगेका दई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रोडीदेवल–५ बस्ने ३५ बर्षीय दिलिपराम आउली र ३७ बर्षीय हरिशराम आउली रहेका छन् । उनीहरुको चिसोका कारण शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
हरिश र दिलिप जिरेगडा–२, तोलीगडा बस्ने रमेश भण्डारीको विवाहमा बाजा बजाउन गएका थिए । विवाह पश्चात घर फर्कने क्रममा उनीहरुको चिसोले बाटोमा जंगलमै मृत्यु भएको थियो । उनीहरुको शव रोडीदेवल–५ र ६ वडाको बीच जंगलमा फेला परेको हो ।स्रोत : सौर्य दैनिक
