हाते ट्याक्टर बजारमा
विनोद परियार ,बुटवल,१७ पुस । रुपन्देहीको बुटवलमा चिनियाँ कम्पनीको मिनि टिलर (हाते ट्याक्टर)को पश्चिमाञ्चल डिपो संञ्चालनमा ल्याईएको छ । न्यू मण्डली इन्टरप्राईजेज धादिङले बुटवलमा डिपो कार्यालय स्थापना गरि विक्रि वितरण शुरु गरेको आज पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।कृषि उत्पादनमा महिलालाई सशक्तिकरण गराउने र विकट क्षेत्रमा पनि सजिलै प्रयोगमा ल्याउन सकिने भएकाले टिलर नेपाली किसानका लागि उपयुक्त भएको ईनटरप्राईजेजका सञ्चालक ज्ञान बहादुर सिंह ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलबाट चल्ने ५० केजी र ८५ तथा डिजेलबाट चल्ने ८५ केजीको हाते ट्याक्टर उपलब्ध छ । ५० केजीको ५० हजार र ८५ केजीकोलाई ७० हजार रुपैयाँ मूल्य पर्ने ठकुरीले बताउनुभयो ।
पत्रकार रुपन्देहीका साहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले कृषि क्षेत्रमा नयाँ प्रविधिको आवश्यकता रहेको बताउदै नया खालको हाते ट्याक्टर किसानका लागि उपयोगि हुनसक्ने बताउनुभयो । उहाले नया कामको शुरुवात भएकाले यसको प्रभावकारीतामा ध्यान दिन समेत आग्रह गर्नुभयो । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका वाली विकास अधिकृत रामचन्द्र भट्टराईले कृषिक्षेत्रमा नया प्रविधिको रुपमा हाते मेशिनलाई लिन सकिने भन्दै समन्वय गर्न आफुहरु तयार रहेको बताउनुभयो । कृषि विकास बैंक बुटवलका प्रबन्धक प्रेमराज घिमिरेले प्राविधिक रुपमा कम्पनी जिम्मेवार नभएसम्म किसानले चाडै विश्वास गर्न नहुने बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठले कृषिलाई ब्यवसायिकरण गर्न नया प्रविधिको आवश्यकता रहेकोमा जोड दिनुभयो । सो अवसरमा किसान धर्म बहादुर मल्लले एक घन्टामा ३ कठ्ठासम्म खेत जोत्न सकिने बताउदै किसानका लागि हाते ट्याक्टर उपयोगी भएको बताउनुभयो । बुटवल उद्योग वाािण्ज्य संघले आगामि माघ २६ देखि २९ सम्म बुटवलमा संचालन गर्ने अर्गानिक कृषि मेलामा समेत यस ट्याक्टर राख्ने जानकारी दिएको छ । पत्रकार सम्मेलनको संचालन बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष खेम हमालले गर्नुभएका थियो ।
Posted by Butwalonline
on 7:24 PM. Filed under
Local News,
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response