अमरपथ र हाटबजार बन्द
विनोद परियार ,बुटवल,१७/पुस । बुटवल हाटबजार लाईन स्थित एक ब्यवसायिलाई ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै ब्यवसायिहरुले आज अमरपथ बजार बन्द गराएका छन् ।
हाट बजार स्थित भाडा पसलका सञ्चालक हर्ष रायमाझीलाई ट्राफिक प्रहरीले कुटपिट गरेको भन्दै ब्यवसायिले बुटवलको हाटबजार र अमरपथ बजार बन्द गराएका हुन । रायमाझीलाई सामान्य मुखमा चोट लागेको छ । सडकमा सामान राखेको भन्दै प्रहरीले हटाउन निर्देशन दिएपछि सामान निकाल्दै गर्दा प्रहरीले कुटपिट गरेको प्रत्यक्षदर्शी राज अर्यालले बताउनुभयो । ब्यवसायिहरुले ट्राफिक प्रहरीको ज्यादती बढ्दै गएको भन्दै दोषीलाई कारवाही र ज्याददती रोक्न माग गर्दै बजार बन्द गराएका हुन ।बजार बन्द भएपछि दिउसो बुटवल उद्योग वाणिज्यसंघमा छलफल भएको थियो । पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले केहि समयदेखि बुटवलको सडकमा अब्यवस्थित रुपमा ब्यपार गर्नेहरुलाई हटाउने शुरु गरेको छ ।