|

कुकुरसँग विहे त्यो पनि नाबालिगको

काठमाण्डौं पुस २७ - एक्काइसौं शताब्दीमा पनि कुकुरसँग विहे गराउने परम्परा छ भन्दा विश्वास गर्न गाह्रो होला । तर, कुकुरसँग नाबालिगको बिहे गराउने यो अनौठो परम्परा भारतको झारखण्ड राज्यमा अझै छ ।

‘अबोध बालिकाको बिहे कुकुरसँग गराउनुलाई परम्परा भन्ने वा पाखण्डी सोच ?’ यो एउटा सोचनीय विषय बनेको छ । हुन् त संसारभरिको विभिन्न सभ्यता एव जातिमा रजश्वला नभएका बालिकाको बनस्पति र फलफूलसँग बिहे गराउने चलन छ । विभिन्न युरोपेली मुलुकले यसलाई धनी संस्कृतिको नाममा विवेकहीन, तर्कहीन र बकवास परम्परा ठहर गरेको छ । संस्कृतिको नाममा यसले लैगिक असमानतालाई बढावा दिने तर्कशास्त्रीहरुको मत रहेको खबर कान्तिपुर दैनिकले छापेको छ ।

झारखण्डमा १० बर्षभन्दा कम उमेरका बालिकाको कुकुरसँग बिहे गराउने कारणलाई ग्रहशान्ति बताइदै आएको छ । यसको ठोस धार्मिक, सामाजिक वा वैज्ञानिक आधिकारिक प्रमाण कसैले दिन सकेका छैनन् ।
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 9:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कुकुरसँग विहे त्यो पनि नाबालिगको"

Leave a reply